बर्दिया, पुस २१
गुलरिया बजारमा विद्यालयको समयमा विद्यार्थी बोकेर स्कुल–घर र घर–स्कुल आवागमन गराउँने भे १ ह ५२५ नम्बरको अटो यतिबेला प्रहरीको निगरानीमा छ । चालक सहित चार जना क्षमता रहेको अटोमा १२ जना बढी अबोध बालबालिका बोकेको आरोपमा ट्राफिक प्रहरीले कागज पत्र नियन्त्रण लिएको छ ।
लामो समय देखि चर्को शुल्क असुल्ने बिद्यालयका गाडीमा यसरी नै निस्सासिएर बिद्यालय पुग्ने बिद्यार्थीको नियति बनेको खुलेको छ । प्रहरी कारबाहीमा परेको अटो थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर सिंहले बताए । ‘अटोको कागज नियन्त्रणमा लिएका छौ’उनले भने,‘समता स्कुलका बिद्यार्थी बोकेका खुलेको छ ।’ जिल्लाका अधिकांश निजि बिद्यालयले बिभिन्न सुबिधा दिने नाममा विभिन्न शिर्षकमा चर्को शुल्क असुलेपनि बिद्यार्थी बोक्दा जबरजस्ती गरिरहेको जताततै देखिएको छ ।
स्कुल बसको सुबिधा भनेर बिद्यालयले अझै अन्य शिर्षकमा भन्दा बढि शुल्क लिने गर्छन् । निजि बिद्यालय यस सुबिधा दिए वापत कक्षा र विद्यालयका अनुसार तीन सय देखि पाँच सय रुपैया शुल्क भनेर असुल गरिरहेको पाईएको छ । तर चर्को शुल्क तिर्ने अभिभावकका बच्चा निस्सासिएर बिद्यालय पुग्दा पनि मुख खोल्न नसकेको अभिभावकको गुनासो छ ।
निजि बिद्यालय दिने सुबिधा दिने नाममा मनोमानी गरिरहेको तथ्य सार्वजनिक भएको छ । स्कुल बसले कहिले दुर्घटना निम्त्याउला कि भनेर आम अभिभावकमा त्रासमा छन् । बिद्यालयले सुबिधा दिन भन्दै संचालन गरेको बसमा भने बिद्यार्थीले ज्यानको बाजी यात्रा गर्नु परिरहेको छ ।
ग्रामिण भेगका स्कुलमा रिक्सा मै कोच्चा कोच गरेर विद्यार्थी ओसार्छन् भने सदरमुकाममा बस र रिक्सा मै बेरोकटोक कोच्चा कोच गरि विद्यार्थी लादेर ओसार्छन् । क्षमता भन्दा बढि बिद्यार्थीलाई एकै पटक ओसार्नेमा गुलरिया सदरमुकामका बिद्यालयमा जनज्योति, जनमुखि, सनराईजले संचालन गरेका बसमा सिट भन्दा बढि बालबालिका ओसारेको देखिन्छ ।
यसै गरि गुलरिया र नेपालगंज सडकमा पर्र्ने शुभकामना एकेडेमि, कालिका, रिभर क्युन्स र तिलकानाको एउटा विद्यालयले त्यस्तै गल्ती दोहराईरहेका छन् । ‘बिद्यालयका बस दुर्घटना हुदैनन र त्यसमा बढि बोक्दा ’अभिभावक राम शंकर बर्माले भने,‘हामीले गल्ती औल्याए बच्चालाई गाह्रो हन्छ सोच मनपर्दी बढेको छ ।’ अघिल्लो बर्ष तुल्सीपुर र नेपालगंज गुलरिया सडक खण्डमा दुई पटक स्कुल बस दुर्घटना भईसकेको छ ।
बस पल्टिएकोे ट्राफिक प्रहरीको रेकर्डमा देखाएको छ । सार्वजनिक यातायातमा बढि बोक्ने सवै बसलाई कारबाही गरिरहेको ट्राफिक प्रमुख सिंहले बताए । ‘त्यस्ता बसलाई ट्राफिक प्रहरी निगरानी गरिरहेका छ त्यस्तो भेटिए स्कुल बसलाई पनि कारबाहि हुन्छ’उनले भने,‘जिल्लाले सवै यूनिटलाई कारबाहि गर्न निर्देशन गरिसकेको छ ।’
अभिभावकको मौनता कारण बलजफ्ति बिद्यार्थी बोकिरहेको शिक्षा शाखाले एक अधिकृतले स्वीकार्छन् । ‘अभिभावक कुरा उठाउँदैनन, नियममा चलाउँने निकाय चुप छ’ नाम नखोल्ने सर्तमा प्याबसनका एक सदस्यले भने,‘सवैले यस सवालमा कुरा उठाए, बिद्यार्थीका स्कुल यात्रा सुरक्षित हुन सक्छ ।’स्रोत नागरिक न्युज