अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

काठमाडौं, फागुन १२ :  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरुको कला प्रदर्शन हुने भएको छ। यही फागुन २५ गतेबाट बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी गरिने चाकुपाटस्थित क्लासिक ग्यालरीले जनाएका छ ।

सन् २०१० देखि ग्यालरीले निरन्तर अन्तर्राष्ट्रिय महिला दिवसमा चित्रकला प्रदर्शन गर्दै आएको ग्यालरीको प्रमुख सरिता डङ्गोलले बताइन् । ‘इनफिनिटथट्स’ नाम दिएको प्रदर्शनीमा नेपाली कलाकारका साथै जापान, बेल्जियम, अमेरिका, भारतलगायत १३ देशको चित्रकला हेर्न पाइने छ। प्रदर्शनीमा चित्र, सेरामीक, प्रफोमेन्स, प्रिन्ट मेकिङ र स्कुल्पचर कलाको संयुक्त प्रदर्शन हुने उनले जानकारी दिइन् ।

नेपाली र विदेशी कलालाई एक साथ प्रदर्शन गराउँदा नेपाली र विदेशी कलाकारिताको भिन्नता सिक्न पाइने बताउँछिन् । ५० जनाको चित्रकला रहने प्रदर्शनीबाट संकलित केही रकम स्वयम्भूस्थित सुनगाभा संस्थालाई प्रदान गरिने आयोजकले जानकारी दिए । उक्त संस्थामा रहेका डाउनसिन्ड्रोम छात्राहरुलाई उक्त रकमले चित्रकला सिक्न केही सहयोग पुग्ने आयोजको विश्वास छ। ओमन आर्ट वर्ल्डको सहकार्यमा हुन लागेको चित्रकला प्रदर्शनी फागुन ३० सम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय