प्रहरी भनेर ठगि गर्ने एक युवक पक्राउ
मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित

बर्दिया, असार ३ (फरकसमाचार) / प्रहरी हो, भनेर ठगि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगि गर्ने युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–९ का १९ वर्षिय अर्जुन रोकाय रहेका छन् । रोकायले स्थानीय होटल तथा पसलहरुमा आफु प्रहरी सहायक निरीक्षक हो भन्दै उधारो खादै गरेको सुचनाको आधारमा तत्काल प्रहरी टोली खटिएको थियो ।

प्रहरीले रोकायलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा प्रहरी संगठनमा आवद्ध नरहेको खुलेको छ । रोकायले झुठ्ठा तथा काल्पनिक पद सिर्जन गरि स्थानीयलाई दुःख दिएको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय