मङ्गलबार, फागुन २०, २०७६
मा प्रकाशित
0
Shares
दमौली, फागुन २० : लोकगायिका कला लम्सालले जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेकी छिन् ।उनले मंगलबार व्यास नगरपालिका ५ चापघाटमा रहेको वेदव्यास जेष्ठ नागरिक आश्रममा गई खाद्यान र अन्य सामग्री सहयोग गरेकी हुन् ।
लम्सालले सात बोरा चामल, एक बोरा दाल, एक बोरा आलु, एक प्याक तेल, एक थान कुकरलगायत फलफुल आश्रमलाई सहयोग दिएकाे आश्रमले बताएकाे छ ।
आफनो स्वर्गीय बुबा लिलामणी लम्सालको स्मृतिमा आश्रमलाई सहयोग गरेको गायिका लम्सालले बताइन ।