काठमाडौँ, फागुन २४ : ट्याटु प्रेमी युवाहरूलाई लक्ष्यित गरि रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको दुई दिने ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ सम्पन्न भएको छ ।
कार्यक्रममा ५५ जनाले ट्याटू खोपाएको र करिब दुई सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ । नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा सम्पन्न र्कायक्रमको उद्घेश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रर्वदन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम सम्योजक पूनम थापा सारुले बताइन ।

कार्यक्रममा ललितपुरका स्थानिय ट्याटू कलाकारहरुले भाग लिएका छन् । कार्यक्रममा यामन ब्याण्ड, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका थिए भने सनिवार सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुती दिएका थिए।
