‘केवरत लोकजीवन’ बजारमा
आइतबार, चैत ०२, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत २ : परापूर्वकालदेखि मोरङका विभिन्न स्थानमा बसोबास गर्दै आएको आदिवासी केवरत जातिबारे उपप्राध्यापक चतुर्भुज केवरतद्वारा लिखित ‘केवरत लोकजीवन’ नामक पुस्तक बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले उक्त पुस्तकलाई बजारमा ल्याएको हो । आफ्नै भाषा, संस्कार र संस्कृति रहेको अल्पसङ्ख्यक केवरत जातिको परिचय, जीवनशैली, रहनसहन, खानपान, आर्थिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परा, रितिरिवाज, चालचलन, आदिबारे गहन खोज–अनुसन्धान गरी लेखक उपप्रा. चतुर्भुज केवरतले तयार पारेको उक्त पुस्तकबाट केवरत जातिबारे यथेष्ट जानकारी हासिल गर्न मद्धत पुग्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागको लघुपरियोजना अन्तर्गत तयार भएको १३६ पृष्ठको ‘केवरत लोकजीवन’ प्रज्ञाको विक्री कक्षमा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय