नेपालका जातीय संस्कार
बुधबार, चैत ०५, २०७६ मा प्रकाशित

काठमाडौं, चैत ५ : नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपालका जातीय संस्कार’ नामक ग्रन्थको पाँचौँ शृङ्खला प्रकाशन गरेको छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका जातीय संस्कारका नालीबेलीहरूका बारेमा विज्ञहरूबाट खोजीमेली गराई प्रकाशित गरिँदै आएको ‘नेपालका जातीय संस्कार’ को पाँचौँ शृङ्खला बजारमा आएको हो ।

प्रा.डा.प्रेम खत्रीद्वारा सम्पादित ‘नेपालका जातीय संस्कार’को पाँचौँ शृङ्खलामा काइके मगर, कानु, कुर्मी, कुसुन्डा, गोपाली, डोम, पुमा राई, बान्तावा राई, ब्यासी, माझी, मुगाल, याक्खा, राउटे, राजी, रौनियर, साम्पाङ राई, सुदूरपश्चिमका ब्राह्मण र सोनार जातिका सामाजिक संस्कारबारे विज्ञ लेखकहरूद्वारा लेखिएका खोजमूलक लेखकहरू समेटिएका छन् ।

यस ग्रन्थबाट राष्ट्रका लोपोन्मुख अवस्थामा रहेका विभिन्न जातिका अमूर्त सम्पदाहरूको अभिलेखीकरण भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशीलु मुम्बूको ठम्याइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय