काठमाडौं, वैशाख १ : विश्वभर महामारीक" />
रंगकर्मीको लकडाउन दैनिकी
सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख १ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढेसँगै चैत ११ गतेदेखि देश ‘लकडाउन’ मा छ। यस्तो अवस्थामा अत्यावश्यक बाहेकका सबै सेवा कार्यालयहरु बन्द छन्। अहिले सुरक्षाका लागि पनि मानिस घरभित्रै थुनिएर बस्नु सिवाय अर्को कुनै विकल्प छैन।

सधैं हामीलाई प्रत्यक्ष रुपमा रंगमञ्चमा खडा भई मनोरञ्जन प्रदान गर्ने रंगकर्मी यस विषम परिस्थितिमा के गर्दै छन् त ? उनीहरुको लकडाउनका दिनहरु कसरी बितिरहेका छन् ? यसै सन्दर्भमा उनीहरुको लकडाउन दैनिकीबारे केही हदसम्म लेख्ने प्रयास गरिएको छ।

अहिलेको समयमा घरमै बस्नुपर्ने बाध्यता भए पनि फुर्सदिलो भएकाले स्ंवयम आफूले आफैंलाई पूर्ण रुपमा चिन्ने उपयुक्त समय भएको बताउँछिन् रंगकर्मी सरस्वती अधिकारी। ‘म अहिले घरभित्रै सिमित छु, यस अवस्थामा घरमै बस्नु नै बुद्धिमान मानिन्छ,’ उनी भन्छिन्, ‘मैले आफैंलाई अध्ययन गरिरहेकी छु, अहिलेको समय देखेर लाग्दैछ, मानव भएर जन्मिसकेपछि जुनुसुकै परिस्थितिसँग जुध्न पनि तयार हुनुपर्ने रहेछ।’ घरभित्रै रहेपनि शैली थिएटरसँगको सहकार्यमा केही नयाँ काम गर्ने योजनामा रहेको उनको भनाई छ।

लकडाउनले आफ्नो घर परिवारसँग घुलमिल हुने सुनौलो अवसर प्रदान गरेको रंगकर्मी सृष्टि आचार्य बताउँछिन्। ‘अहिलेको मेरो समय म परिवारका सदस्यसँग खर्चिन पाएकी छु, यसअघि यसरी परिवारसँगै समय बिताउन पाएकी थिइनँ,’ आचार्य भन्छिन्, ‘पारिवारीक माहोलमा पुस्तक पढ्ने, पेन्टिङ गर्ने गरेर दिन बितारहेकी छु।’

रंगकर्मी कृष्ण खड्का फिल्म हेरेर, पुस्तक पढेर र समय अभावका कारण मधुरिदैँ गएका सम्बन्धलाई अहिले समय दिएर लकडाउनका दिनहरु बितारहेको बताउँछन्। ‘अहिले विश्व नै आतँकित छ, चाडैं यो महामारीको अन्त्य होस् भन्ने पनि कामना गरिरहेको छु,’ खड्का भन्छन्, ‘भर्खर मात्रै नाटक सो सकिएकाले एकान्तमा गएर आराम गर्न चाहन्थें, लकडाउनले मैले त्यो अवसर पाएको छु।’ यस समयमा आफू साहित्यिक कलासँग अझ नजिक भएको उनले अनुभव गरेका छन्।

रंगकर्मी अस्मिता खनालका दिनहरु पनि पुस्तक पढेर र फिल्म हेरेर बितिरहेका छन्। यस अवधिमा विनोद चौधरी र मनिषा कोइरालाका जीवनीको अध्ययन गरेर सक्काएको उनी बताउँछिन्। साथै पारिवारीक माहोलमा विगतका रमाइला पलहरुको स्मरण गर्दै दिनहरु बिताइरहेको उनले बताइन्। त्यस्तै अर्की रंगकर्मी करिश्मा केसीले युट्युबतिर काम गरेर खाली समयको सदुपयोग गरिरहेको जानकारी दिइन्।

अर्का रंगकर्मी सुबास सुवेदीले आफ्नो धेरै समय साथीहरुसँगको च्याट र भिडिओ कलमा बित्ने गरेको बताउँछन्। ‘मन चन्चले भएर होला गहिरिएर पुस्तक पढ्ने र ध्यानमग्न भएर फिल्म हेर्न सकेको छैन’, सुवेदी भन्छन्, निकै पहिलेदेखी नपढी राखेका पुस्तकहरु पढ्ने यतिखेर प्रयाप्त समय थियो, तर त्यसो हुन सकेन। लकडाउनको शुरुवाती दिनहरु केही स्वदेशी र विदेशी फिल्म हेरियो।

जब लकडाउन लम्बिदै गयो, तब मन एकतृत हुनै छाड्यो न किताब पढ्न मन हुने, न राम्रा भनिएका फिल्म नै तगेर हेर्न सकिने। उनले थपें, ‘थिएटरको तर्फबाट भने बालबालिकालाई केन्द्रित गरी सिर्जनात्मक काम गर्ने तयारीमा छौं।’

प्रगतिशिल नाटक निर्देशक किशोर अनुराग अधिकांश समय नाटक लेखनकै काममा बिताउने गरेको बताउँछन्। केही समय टेलिभिजन र पुस्तकमा खर्चिए पनि धेरै समय नाटकको स्क्रिप्ट लेखनकै काममा लगाउने गरेको उनी बताउँछन्।

रंगकर्मी निमा पाण्डे पनि परिवारसँग बसेर फिल्म हेरेर र उपन्यासहरु पढेर दिन बिताइरहेको बताउँछिन्। साथै कार्यालयको काम पनि घरबाटै फोनमार्फत गरिरहेको उनको भनाई छ। रंगकर्मी कुन्दन थारुले पनि पुस्तक पढेर, शारीरिक व्यायाम गरेर र फिल्म हेरेर समय बिताउने गरेको बताउँछन्। अर्की रंगकर्मी ज्योति राईले अध्ययन, फिल्म, व्यायाम, ध्यान, साधना र कविताको रचना गरेर दिन बिताउने गरेको जानकारी गराइन्।

शैली थिएटरका अध्यक्ष तथा नाटक निर्देशक नबराज बुढाथोकी लकडाउनको समयमा पनि आफ्ना दिनहरु अफिस र घर गर्दा गर्दै बित्ने गरेको बताउँछन्। थिएटरको तर्फबाट उनी भर्चुअल बालकविता प्रतियोगिताको आयोजना गर्दैछन् र त्यसको तयारीका लागि पनि उनी आफ्नो समय खचिर्ने गरेका छन्। हाल फुर्सदमा रहेका बालबालिका लक्षित गरेर प्रतियोगिताको आयोजना गर्न लागेको उनको भनाई छ।

‘अहिलेलाई फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर यो आयोजना गर्न लागिएको हो। तर पछि राम्रो प्रतिक्रिया आएको खण्डमा यसलाई हरेक बर्ष गर्ने भन्ने पनि भएको छ’ बुढाथोकी भन्छन्, ‘बैशाख सात गते भित्र प्रतियोगीले कविता वाचन गरेको भिडियो पठाउनेछन्। त्यसपछि हामी ती कविताहरुलाई हाम्रो यूट्यूव च्यानलमार्फत प्रशारण गर्दे जाने छौं। सोही क्रममा निर्णायकहरुले पनि हेर्दै जानु हुनेछ र मूल्यांकन गर्नुहुनेछ।’ नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय