कटारीको खानेपानी आयोजनाद्वारा चैत महिनाको महशुल छुट
शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

उदयपुर, वैशाख ५ : विश्वव्यापी संक्रमण कोरोना भाईरस कोभिड १९ का कारण पुगेको असरलाई मध्यनजर गर्दै कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारी उदयपुरले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने भएको छ ।

संस्थाको समितिले निर्णय गर्दै यस अघिको सबै महशुल यहि वैशाख मसान्तसम्ममा तिरिसक्ने उपभोक्ताहरुलाई गएको चैत्र महिनाको महशुल नलिने भएको हो । लकडाउनका समयमा व्यापार व्यवसाय ठप्प हुनुका साथै ज्याला मजदुरी समेत गर्ने वातावरण नभएकाले उपभोक्ताहरुलाई परेको असरलाई ध्यानमा राख्दै समितिले पानीको महशुल छुट दिने निर्णय गरेको हो ।

यस विषम परिस्थितिमा उपभोक्ताहरुलाई सहज होस भनेर महशुल नलिने निर्णय गरेको समितिका अध्यक्ष दोजराज पौडेलले बताउनुभयो । संस्था अन्र्तगत कटारी बजार र आसपासमा गरी १४ सय उपभोक्ताहरुले खानेपानी प्रयोग गर्दै आईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर