बुधबार, बैशाख १०, २०७७
मा प्रकाशित
0
Shares
युरोप, बैशाख १० : कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ ।
नेपाली समयानुसार बुधबार १० बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस सक्रमितको संख्या ११ लाख ६४ हजार ७० रहेको छ । यसमा १ लाख १० हजार ४०७ जनाको ज्यान गएको बताइएको छ । युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ ।
कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायातमा १८ हजार १०० जनाले ज्यान गुमाएका छन् ।