‘कोभिड–१९ सङ्क्रमण फैलिन नदिन स्वास्थ्य र सुरक्षा उपायको परिचालन’
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

विराटनगर, वैशाख १२ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि धैर्य भएर ‘लकडाउन’को पालना गर्न सबैसँग आग्रह गरेका छन् । मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्वास्थ्य र सुरक्षाका सम्पूर्ण उपायको परिचालन गरिएको जानकारी दिए ।

उनले प्रदेशमा कोभिड–१९ को उच्च जोखिम रहेको ठानेर ‘लकडाउन’ हुुनुु धेरै अगाडि पूुर्वतयारी शुुरु गरेकाले वर्तमान अवस्थामा रोगविरुद्ध लड्न सहज भएको चर्चा गरे । उदयपुुरमा सङ्क्रमितको सङ्ख्या धेरै फेला परेपछि कोभिड–१९को परीक्षणको दायरा फराकिलो बनाई भुुल्केलगायत उदयपुुरलाई वर्तमान अवस्थामा ‘लक’ गरिएको जानकारी उनले दिए ।

मुुख्यमन्त्री राइले उदयपुुरको भुुल्केलगायतका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि परिचालन गरिएको बताए । उनले सरकारले सङ्क्रमितको उपचार र स्वास्थ्य उपकरणलगायतका सम्पूर्ण तयारी पूरा गरिसकेकाले सङ्क्रमितको सङख्या जतिसुकै वृद्धि भए पनि त्यसलाई नियन्त्रणमा राख्न सक्षम रहेको जानकारी दिए ।

उनले विराटनगरमा रहेको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका सङ्क्रमितको अवस्था सामान्य रहेकाले चिन्तित हुने अवस्था नरहेको धारणा राखे । उनले प्रदेशको भारतसँगको सीमा क्षेत्रको नाकामा पाँच÷पाँच सय मिटर क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गरी २४ घण्टा सुरक्षाकर्मी राखि आवतजावतमा पूर्णरुपमा रोक लगाइएको बताए ।

मुख्यमन्त्री राईले सरकारले मोरङ, सुुनसरी र झापाका सीमा जोडिएको क्षेत्रमा सात हजार मानिसलाई राख्ने गरीे क्वारेन्टाइन निर्माण गर्न आवश्यक तयारी शुुरु गरेको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर