कोरोनाले २४ घण्टामा ६ हजारको मृत्यु, ९० हजार संक्रमित पहिचान
आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख १४ : विश्वभरका २१३ देशमा फैलिएका कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६९ कोरोना संक्रमितको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ६५ को ज्यान गएको छ ।

कोरोनाले विश्वभर २ लाख ३ हजार १६६ को ज्यान जाँदा अमेरिकामा मात्रै ५४ हजार २५६ को ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ९० हजार ७३१ नयाँ संक्रमित थपिएका छन् । यसमध्ये अमेरिकामा मात्रै ३५ हजार ४१९ संक्रमितको पहिचान भएको छ । हाल विश्वभर १८ लाख ८० हजार ९८० कोरोना संक्रमित रहेका छन् । जसमध्ये ५८ हजार २०२ को अवस्था गम्भीर रहेको छ । अमेरिकामा उपचाररत १५ हजार ११० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

नेपालमा भने हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४९ जनामा कोरोाना संक्रमण देखिएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८७ जना आइसोलेसनमा छन् । १४ हजार ७३१ क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय