काठमाडौं, वैशाख १५ : मातृ औसीका पुनीत पर्वका अवसरमा काठमाडौँस्थित नेपाल स्रष्टा समाजको आयोजनामा ११ वैशाख २०७७ का दिन ‘हे आमा’ विषयक एक साहित्य सम्मेलन इन्टरनेटका माध्यमबाट भिडियो कन्फरेन्सिङ विधिबाट सञ्चालन गरियो।
यस सम्मेलनमा कविता, गीत, गजल आदि वाचन गर्नेहरू नेपाली साहित्यका विभिन्न पुस्तालाई समेटने सर्जकहरूका सिर्जना प्रस्तुत गरिएको थियो । दुई चरणसम्म वाचन गराइएको सो काव्य भेलामा अघिल्ले चरणा पूरै आमामा केन्द्रित रचना वाचन गरियो भने दोस्रो चरणामा चाहिँ अफूखुसी रचना वाचन गरिएको थियो ।
उपस्थित साहित्यकारमा काठमाडौबाट अग्रज कवि रमेश खकुरेलदेखि पवन आलोक, कविरचलचित्र निर्देशक राजेन्द्र शलभ, नेपाल स्रष्टा समाजका अध्यक्ष तथा कवि विधान आचार्य, पोखरादेखि लोकसाहित्यविद् कुसुमाकर न्यौपाने थिए।
यसैगरी काठमाडौबाटप्रकाश घायल, विनोद नेपाल, दीपक लोहनी, रीता खत्री, सुशीला खड्का हसिना, सीता तिवारी, शारदा चौलागाई, सुमन सङ्गम र झापादेखि दुर्गा वनवासी शिवाकोटी पनि उपस्थित थिए।
लोकसाहित्यका अध्येता कुसुमाकर न्यौपानेले लोकसंस्कृति, उखान र जनजीवनमा आमाबारे भएका केही प्रचलित अहानका बारे बताउँदै लोकगीतको एक स्वरूप कठैगीतमा गाएर सुनाए। वाचित रचनाका बारेमा समेत प्रा।डा। न्यौपानेले समीक्षा गर्दै आमाको महिमाको वर्णनमा केन्द्रित वा अन्य सबै वाचित रचनाहरूमा लय, विम्ब, प्रतीक र लोकतत्वको समुचित प्रयोगका कारण ती रचनाहरु उच्चस्तरका देखा परेका विचार प्रकट गरे।
कार्यक्रमका मुख्य अतिथि वरिष्ठ साहित्यकार श्री खकुरेलले घरमै बसेर विभिन्न स्थानमा बसोवास गरेका सर्जकहरुका रचना सुन्नेसुनाउने परम्पराको थालनी नेपालमा समेत गरेर नेपाल स्रष्टा समाजले प्रशंसनीय काम गरेको र ऊर्जा जति बाड्यो उति बडनेचाहिँ साहित्य मात्र भएको विचार व्यक्त गरे।
आयोजक संस्थाका अध्यक्ष श्री आचार्यले भने ३० का हाराहारीलाई निमन्त्रणा गरिएकोमा प्रविधिको कठिनाइ र अन्य कारणले त्यसको आधा मात्र उपस्थिति भएको बताए। साथै यसरी नै घरबास लम्बिँदै गएमा यस्ता गोष्ठीहरू नियमित गरिने समेत बताए।