भूगोलको अनलाइन कवि गोष्ठी सम्पन्न
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख २० : भूगोल साहित्य समाजद्वारा आयोजित कविता यात्राको पांँचौं शृङ्खला सम्पन्न भएको छ । बन्दाबन्दी भए पनि सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट बिहीबार ‘भर्चुअल’ कवि गोष्ठी सम्पन्न गरियो । उक्त गोष्ठीमा आठ कविहरूले आआफ्ना रचना वाचन गरे ।

समाजका अध्यक्ष विनोद नेपालले संयोजन गरेको कवि गोष्ठीमा दिनेशविक्रम थापा, नवराज पुडासैनी, शैलेन्द्रकुमार शाह, हरिश्चन्द्र गौतम, बुद्धिराज पाण्डे, उमेश तिम्सिना र मुकुन्द अर्यालले रचना गरे ।
गोष्ठीको सुरुमा कोरोना महामारीको कारण जीवन गुमाएका सम्पूर्णकप्रति शब्द श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय