पुलित्जर पुरस्कारको घोषणा : न्यूयोर्क टाइम्सले पायो ३ अवार्ड
बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

न्यूयोर्क, वैशाख २४ : कोरोनाभाइरसको संकटका बीच यस वर्षको पुलित्जर पुरस्कारको घोषणा भएको छ । सोमबार अबेर गरी भएको घोषणा अनुसार, द न्यूयोर्क टाइम्सले सबैभन्दा बढी पुरस्कार जितेको छ । समाचार एजेन्सी एएफपीका अनुसार ‘न्यूयोर्क टाइम्स’, ‘एंकरेज डेली न्यूज’, ‘प्रो पब्लिका’ लाई पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको छ ।

सोमबार घोषणा गरिएको पुलित्जर पुरस्कार ती समाचार संस्थालाई प्रदान गरियो जसले भ्रष्टाचार, कानून र नश्लवाद जस्ता मुद्दालाई उजागर गरे । यी तीन संस्थालाई यिनै मुद्दामाथि गरेको रिपोर्टका आधारमा पुरस्कृत गरियो ।

पुरस्कार बोर्डका प्रशासक डाना केनेडीले न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयमा समारोहको आयोजना नगरी यूट्युबमा लाइभ स्ट्रिमका माध्यमले विजेताको घोषणा गरे । न्यूयोर्क टाइम्सलाई सबैभन्दा बढी तीन, द न्यूयोर्करलाई दुई र प्रो पब्लिकालाई एउटा पुरस्कार प्राप्त भएको हो ।

द टाइम्सलाई तीनवटा पुरस्कार प्राप्त भयो । जसमा ब्रायन एम रोसेन्थलको न्यूयोर्क शहरका ट्याक्सी उद्योगमा खोजी रिपोर्ट पनि समावेश थियो । यसमा कसरी कमजोर ड्राइभरहरुको लाभ उठाएर लोनको बजार फस्टाइरहेको छ भन्ने उल्लेख थियो ।

यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालका कहानीको एक शृंखलाका लागि पनि अन्तर्राष्ट्रिय पुरस्कार दिइएको थियो ।

अलास्कामा यौनहिंसाको खोज र अनुसन्धानमूलक रिपोर्टका लागि ‘एंकरेज डेली न्यूज’लाई र ‘प्रो पब्लिकालाई संयुक्तरुपमा सबैभन्दा प्रतिष्ठित मानिने पब्लिक सर्भिस अवार्ड प्राप्त भयो ।

यसका अतिरिक्त ‘द वाशिङ्गटन पोस्ट, असोसिएटेड प्रेस, द लोल एन्जिलिस टाइम्स, द बाल्टिमोर सन, द फिलिस्तिन हेराल्ड प्रेस’ लाई पनि अलग अलग समाचारका लागि पुलित्जर पुरस्कारबाट सम्मानित गरियो ।

रोयटर्सले हङकङको विरोध प्रदर्शनका तस्वीरका लागि ब्रेकिङ न्यूज फोटोग्राफी पुरस्कार पायो । कश्मीर घाटीको स्थिति फोटो मार्फत दर्शाएकाले एसोसिएटेड प्रेससँग आबद्ध ३ भारतीय फोटो पत्रकारले पनि फिचर फोटोग्राफी क्षेत्रको अवार्ड पाएका छन् ।

पुलित्जर पुरस्कारका विजेताको घोषणा गत महीना कोरोनाभाइरस संकटका कारण स्थगित गरिएको थियो । पुलित्जर पुरस्कार पत्रकारिता, साहित्य एवं संगीत रचनाका क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई प्रदान गरिन्छ । यो पुरस्कारको शुरुवात सन् १९१७ मा गरिएको थियो । एजेन्सीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय