ट्र्याक्टरको ठक्करबाट मृत्यु
मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित

धनुषा, जेठ १३ : धनुषामा एक महिलालाई ट्र्याक्टरलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार धनुषाको सबैला नगरपालिकामा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट मृत्यु हुनेमा सबैला नगरपालिका–१२ रघुनाथपुर बस्ने ४२ वर्षीया सुमित्रादेवी साह तेली छन् ।

सबैला र रघुनाथपुरको बीचमा रहेको सशस्त्र बेसक्याम्प नजिक गएराति हुरीबतास आएको समयमा अनटेस्ट (नम्बर नभएको) ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो । साँझ आएको हावाहुरीबाट बच्नका लागि खेतबाट घरतर्फ फर्किँदै गर्दा अँध्यारोमा ट्र्याक्टरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्र्याक्टर र चालक सबैला नगरपालिका–१२ बरकुरबा बस्ने २२ वर्षीय शम्भु सदा प्रहरीको नियन्त्रणमा रहेका छन् भने मृतक तेलीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय