क्वारेन्टाइनमा बसेकी २६ वर्षीया महिलाको मुत्यु
मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित

झिमरुक, जेठ १३ : प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको आज मुत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ ।

शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए । महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए।

परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय