संखुवासभामा पहिलो पटक कोरोना पुष्टि, कति जिल्लामा फैलियो कोरोना?
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ १८ : नेपालका ७७ जिल्लामध्ये ५५ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५५ जिल्लामा कोरोना भाइरस संक्रमित मानिस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज संखुवासभा जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । संखुवासभाका २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।

कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परीक्षणमा संखुवासभाको खाँदबारी एक २३ वर्षका पुरुष र संखुवासभाको पाँचखपनका एक २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १,४०१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय