रूकुम र रूपन्देही घटनामा न्याय माग्दै प्रदर्शन
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

जनकपुरधाम, जेठ १८ : ६ जनाको ज्यान जाने गरि पश्चिम रुकुममा भएको नरसंहार र रूपन्देहीमा भएको मानवता विरोधी घटनाका दोषीलाई कारवाहीको माग गर्दै शनिबार धनुषाको गणेशमान चारनाथ नगरपालिकामा प्रदर्शन गरिएको छ ।

घटनाका पीडितहरुलाइ न्याय र दोषीलाई कडा कारवाहीको माग गर्दै गणेशमान चारनाथ नगरपालिकाका दलित अगुवाहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । दलित जागरण अभियानका अधिकारकर्मी तथा अगुवाहरुले सयौंको संख्यार्मा याली निकाल्दै विरोध प्रदर्शन गरेका थिए ।

र्यालीमा जातीय विभेद अन्त्य गर, दोषीलाई फाँसी दे, पीडितलाई न्याय दे लगायतका नारा लेखिएको प्लेकार्ड सहित नगर परिक्रमा गरिएको थियो । नगर परिक्रमा पश्चात् आयोजित कोणसभामा दलित अगुवाहरूले दोषीलाई कारवाही र पीडितलाई न्यायको लागि जोडदार माग गरेका थिए ।

कोणसभामा मानवाधिकारकर्मी विनोद महराले यो घटनाले जातीय विभेदको चरम पराकाष्ठा नाघेकोले यस अन्यायमा परेकालाई न्याय र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरे । उनले विभेद अन्त्यको लागि कानुनहरु भएपनि राज्य पक्ष कार्यान्वयन तर्फ उदासीन रहेको आरोप लगाए ।

उनले घटनामा संलग्न रहेका जो कोही दोषी भएपनि सत्यतथ्य छानबिन गरि रुपन्देही र पश्चिम रुकुम दुबै घटनाका दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरे । दलित अधिकारकर्मी चन्देश्वर दासले दोषीलाई कारवाहीको माग गर्दै अब दलितहरु पनि सशक्त हुनुपर्ने बताए ।
त्यस्तै अधिकारकर्मी चन्देश्वर सदाले दलितहरु हिन्दु धर्मकै कारण विभेदमा परेको गुनासो गरे । हिन्दु धर्म दलितहरुलाइ शोषण दमन गर्नकै लागि कानुनी दस्तावेजको रूपमा तयार पारिएको बताए ।र्

यालीमा सहभागी अन्य सहभागीहरुले समेत दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका थिए । केही दिन अगाडी अन्तरजातीय विवाह गर्न खोज्दा पश्चिम रुकुममा ६ जना दलित युवाहरूको हत्या भएको थियो ।

त्यस्तै रुपन्देहीमा १२ वर्षीया बालिका अंगिरा पासीलाइ बलात्कार गरिएको थियो । बलात्कार पछि वडाध्यक्षकै रोहवरमा उक्त बालिकाको बलात्कारी सँगै जबर्जस्ती बिहे गराइएको थियो र बिहेको भोलिपल्टै बालिकाको शंकास्पद तरिकाले झुन्डिएको अवस्थामा शव फेला परेको थियो । केही दिन अघि सिरहाको कल्याणपुरमा पनि यौन प्रस्ताव नमानेपछि एक दलित महिला माथि नगरपालिका कार्यालयकै अगाडी लछारपछार गर्दै कुटपिट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय