नेपालीकाे महिमा
शुक्रबार, असार १९, २०७७ मा प्रकाशित

उमेश अवस्थी(आदर्श)


बादल कालो भएर होला पानी नि परेछ

किसान भोको रहेर होला गरिबी बढेछ

नआउँ यहाँ झुक्केर पनि हुनेछ दुर्गती

अगाडि बढ्नु नेपाली बन्नु गर्नुछ प्रगती ।।

 

लगाउ खेती नेपाली माटो उचाइ शिरमा

नजानू उता पहाडी बाटो पुगिन्छ भिरमा

सहर सोध्छ बगैचा कहाँ भनेर मलाई

नखानु घुस कमाइ खानु पाखुरा चलाई ।।

 

शिरको झण्डा उचाइ राख्नु नेपाली नामले

गलत हिड्छौ बाटोमा तिमी केगर्नु कामले

तलमा सुर्य माथिमा चन्द्र नेपाली झण्डामा

भाइको बिच झगडा चल्छ भाग र बण्डामा ।।

 

अमर भक्ति पुर्खाका छोरा हामी हौ नेपाली

लड्ने छौ युद्ध देशको लागी शिर नै उचाली

थुरुरु काप्छ यो विश्च हाम्रो गोर्खाली भनेमा

कागडा टिष्टा सिक्किम हाम्रो कापिको पानामा ।।

 

एकता गर्नु बाधिनु सबै नेपाली गरीमा

गाउनु गित नेपाली धुन बढ्नेछ महिमा

इमानु राख्नु प्रदेश जादा नेपाली सबैले

बिरता हाम्रो देखेर भाग्छ छिमेकी दुबैले ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय