दुईवटा ढुंगा भेट्टाएपछि रातारात करोडपति
सोमबार, असार २२, २०७७ मा प्रकाशित

अफ्रिकी मुलुक तान्जानीयका एकजना खानी मजदुरले यस्तो आविष्कार गरे जुन केवल उनको जीवनको मात्र होइन देशकै लागि सबैभन्दा ठुलो आविष्कार बन्यो । सेनिनिउ लाइजर नामका ती व्यक्तिले दुईवटा ठुलो आकारका तान्जानाइट पत्थर फेला पारे । उक्त चट्टानको कुल वजन केवल १५ किलो थियो ।

तान्जानाइट पृथ्वीको निकै दुर्लभ पत्थर हो । सो पत्थर पत्ता लगाएसँगै उनलाई ३४ लाख डलर अर्थात् झण्डै ४० करोड रुपैयाँ बराबरको रकम प्राप्त भएको छ । तान्जानियाको खानी मन्त्रालयले उनलाई यतिधेरै रकम प्रदान गरेसँगै उनी रातारात करोडपति बने ।

३० भन्दा धेरै सन्तानका पिता लाइजर एकाएक करोडपछि बन्दा सपना देखेजस्तै ठानेका छन् । आफुले पाएको पैसाले एउटा भव्य पार्टी गर्ने उनको सोँच छ । उनका चारवटा पत्नी छन् । आफुले कमाएको पैसाले मन्याराको सिमान्जिरो जिल्लामा रहेका आफ्नो समुदायको हितका लागि रकम लगानी गर्ने उनको योजना छ ।

आफूले आफ्नो ठाउँमा एक सपिङ मल र एउटा विद्यालय बनाउन चाहेको उनी बताउँछन् । आफ्नो गाउँघरमा धेरै गरीब मानिसहरु रहेको र गरिबीके कारण आफ्ना बच्चाबच्चीलाई विद्यालय पठाउन नपाएको भन्दै उनले सोही कारण गाउँमा स्कुल खोल्न चाहेको बताए ।

तान्जानाइट पत्थर केवल उत्तरी तान्जानियामा मात्र पाइन्छ जुन निकै बहुमुल्य गहना बनाउनका लागि रत्नको रुपमा प्रयोग हुन्छ । औँठी, ब्रासलेट, नेकलेसलगायतका गहनाहरुमा यो पत्थर प्रयोग हुन्छ ।

यो पत्थर पृथ्वीमा पाइने सबैभन्दा दुर्लभ पत्थरहरुमा एक हो । यो पत्थर पृथ्वीमा यति कम छ कि आगामी २० वर्षमा यो पूर्ण रुपमा सकिनेछ ।

हरियो, रातो, बैजनी तथा निलो जस्ता विविध रङ यो बहुमुल्य पत्थरको मूख्य आकर्षण हेा । पत्थरमा जतिधेरै रङ तथा प्रष्टता भयो त्यसको मूल्य त्यति नै धेरै हुन्छ ।

लाइजरले गत हप्ता यो पत्थरका दुईवटा टुक्रा उत्खनन गरेर निकाल्न सफल भएका थिए । त्यसमध्ये एउटा टुक्राको वजन ९.२ किलो थियो भने अर्को टुक्रा ५.८ किलोको थियो ।

उनले भेटाएका यी पत्थर अहिले सम्मकै ठुला तान्जानाइट पत्थर हुन् । यसअघि सबैभन्दा ठुलो तान्जानाइट पत्थर ३.३ किलोको थियो ।

लाइजरले १५ किलो तान्जानाइट फेला पारेसँगै तान्जानियाका राष्ट्रपतिसमेतले उनलाई बधाई दिए । फोनमार्फत बधाई दिँदै उनले साना खनिजकर्ताहरुको लाभ नै यहीँ भएको र यसले तान्जानिया धनी छ भन्ने देखाएको बताए ।

एजेन्सीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय