अयोध्याकी ती राजकुमारी जसको विवाह कोरियाका राजासँग भयो
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने कुरा गरेपछि उनको चर्चा नेपाल र भारत दुबै तर्फ भइरहेको छ । उनलाई भारतीय मिडियाले चर्को रुपमा आलोचना गर्दै समाचार पनि प्रकाशित गरेका छन् । प्रधानमन्त्रीले नेपाली राजकुमारी सीताको विवाह नेपालकै राजकुमार रामसंग भएको बताएका थिए ।

यसै प्रसंगमा भारतको अयोध्याकी एक राजकुमारीको विवाह कोरियाका राजासँग भएको भन्ने समाचार सार्वजनिक भएको छ । यो खबर हाम्रा प्रधानमन्त्रीको अभिव्यक्ति जस्तै अपत्यारिलो भने पक्कै छ । तर यसका प्रमाणका आधारमा सत्य समाचारका रुपमा चर्चा गरिएको छ । दक्षिण कोरियाका मानिसहरु पनि यसलाई स्वीकार्दै भारतको अयोध्या आउने गरेको भारतीय मिडियाहरुले लेखेका छन् ।

यी राजकुमारी जो कोरिया गएर महारानी बनिन्, उनको नाम हियो ह्वाङ्ग–ओक थियो । उनी कोरियाली कारक राज्यका संस्थापक राजा किम सू–रो कि भारतीय पत्नि थिइन् । अयोध्याको सरयू नदीको किनारमा कोरियाकी ती महारानीको स्मारक पनि रहेको बताइन्छ ।

अयोध्यामा यी राजकुमारीको सुरिरत्ना नामले प्रसिद्ध छन् । कोरियाको इतिहासका अनुसार महारानी हियो ह्वाङ्ग–ओक अर्थात राजकुमारी सुरिरत्ना भारतबाट दक्षिण कोरियाको ग्योङ्गसांग प्रान्तको किमहये शहरमा गएकी थिइन र उनी त्यहीँ रहन लागिन् ।

महारानी हियो र राजा किमका जम्मा १२ बच्चा थिए । आज कोरियामा कारक गोत्रका करीब ७० लाख मानिसहरु राजा किम र अयोध्याकी राजकुमारीका वंशज भएको स्वयम् स्वीकार्दछन् । किमहये सहरमा महारानी हियोको ठूलो स्मारक रहेको छ ।

रिपोर्टका अनुसार दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डेई जंग र पूर्व प्रधानमन्त्री हियो जियोंग र जोंग पिलकिम पनि कारक वंशबाट आएका थिए । यो वंशका मानिसहरुले ती ढुंगाहरु आज पनि सम्हालेर राखेका छन् । ती ढुंगाहरुमा महारानी अयोध्याकी राजकुमारी आफ्नो समुद्रयात्राको क्रममा नाउ मार्फत कोरिया आएको उल्लेख छ । हरेक वर्ष सयौं दक्षिण कोरियालीहरु आफ्नी पौराणिक महारानी हियोलाई श्रद्धाञ्जली अर्पण गर्न भारतको अयोध्याको भ्रमण गर्ने गर्दछन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय