वैवाहिक जीवनलाई सुखमय बनाउन यसाे गर्नुस्
शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

वैवाहिक जीवन सफल तथा सुखमय बनाउन पतिपत्नी दुबैको हात हुन्छ। जीवनसाथीको बानीव्यहोरादेखि, उसका ससाना कुरामा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ। वैवाहिक जीवनमा स-साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एकअर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ।

साथै आफ्नो जीवनसाथीलाई हरेक स(साना कुराहरू सेयर गर्ने जसले एकअर्कामा विश्वास पैदा गर्न सकोस्, साथै एकअर्कालाई विश्वास गर्न सक्नु पनि वैवाहिक जीवनलाई सहज रूपले अगाडि बढाउनु हो ।

वैवाहिक जीवनलाई सुखमय र सहज बनाउन यसाे गर्नुस्

– विषेशगरी पुरूषहरू यौन सम्बन्धका लागि निकै हतार गर्छन्। तर, यो जरूरी छैन् की महिला हरेक समय पुरूषसँग शारीरिक सम्बन्धका लागि तयार होस्। यस्तोमा एकअर्काको मुड र अवस्थाबारे बुझ्नु जरूरी हुन्छ।

यदी दुईमध्ये एकले मात्र पनि शारीरिक सम्बन्धको इच्छा जाहेर नगरे दवाव दिनु राम्रो होइन।

– शारीरिक सम्बन्धका लागि विषेश गरी पुरुषले पहिले पहल सुरू गर्छन्। तर, कहिलेकाँही महिलाले पनि यसको पहल गर्नुपर्ने हुन्छ।

– शारीरिक सम्बन्धका क्रममा आफ्नो पार्टनरको अगाडि खुसी हुने प्रयास गर्नुस्, यस्तो समयमा खुसी देखिनु नै राम्रो हुन्छ।

– प्राय पुरुष शारीरिक सम्बन्धपछि आफ्नो पार्टनरको विचारै नगरी सुत्ने गर्छन् । तर यसो गर्नु राम्रो होइन, महिला साथीलाई सम्बन्धपछि पनि गफ गर्ने र साथमा बस्ने गरे उनीहरू खुसी हुन्छन्।

– ओछयानमा यस्ता कुराहरू नगर्नुस्, जसलाई सुनेर मानसिक तनाव होस् । ओछयानमा रहँदा सबै तनावलाई छाडेर जानु फाइदाजनक हुन्छ।

– सम्बन्धमा एकअर्कामा शंकाको लागि कुनै ठाउँ छाड्नु हुँदैन । जब आफ्नो पार्टनर कुनै असामान्य कुरा महसुस भए, उक्त कुराहरू एकअर्काले खुलेर गरेर समाधान गर्नु राम्रो हुन्छ।

– वैवाहिक जीवन शारीरिक सम्बन्धमा मात्र सिक्नु राम्रो होइन।  एकअर्कामा साँचो प्रेम दिएर सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय