एकातिर दौडधुप, तनाव, धपेडी, अनेक आकंक्षा अर्कोतिर ऐश–आरम, सुविधा, मदिरापान, फास्टफुड सेवन । आधुनिकताको नाममा अपनाइएको यस्तै जीवनशैलीले अहिले धेरै कुरालाई अस्तव्यस्त बनाएको छ । त्यसमध्ये एक हो, दम्पतीबीचको यौन जीवन पनि ।
राती अबेरसम्म बस्ने प्रवृत्ति, मोबाइल जस्ता ग्याजेट्सको बढ्दो प्रयोगले पनि दम्पतीको रात्री जीवन विथोल्दैछ । आधुनिक सुख–सुविधा र उपकरणहरुको प्रयोग जति तिब्रताको साथ बढ्दैछ, त्यति नै मानिसमा एकोहोरोपन, तनाव, मोटोपन, उच्च रक्तचाप, माइग्रेन, मधुमेह र हृदय रोग जस्ता मानसिक र शारीरिक रोगहरु पनि बढ्दै गएको छ ।