दार्जलिङ हुँदै सिक्किम सम्म नेपाली मनहरु……………
सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

शब्द÷तस्बिर ःनिर्मल घिमिरे
खर्चले थेगेसम्म नयाँनयाँ ठाउँ घुम्न जो कोहि पनि सौखिन हुन्छ ।आर्थीकले जति भ्याउँछ सवै आ आफनो तरिकाले घुमफिर गरिरहन्छन् । मनपरेको ठाउँ त दोहोराई र तेहेरिनसक्छन् । नेपाली भाषीको ठाउँ दार्जलिङ घुम्ने चाहना कस्को हुन्न र जुन ठाउँको ‘मन त मेरो नेपाली’ हो भन्ने सवै लाई थाहा छ ।देश भारत भएपनि भाषा नेपाली नै चल्छ दार्जलिङमा ।त्यस्ता ठाउँ घुम्न जादा समुहमा नै ठिक मान्नेहरु धेरै छन् । समुहको भ्रमण म पनि रमाउँछु र सवैलाई मन पर्छ भन्ने लाग्छ । चैत र वैशाख महिना तराईवासीलाई घुम्नका लागी उपयूत्त मानिन्छ । यस याममा विभिन्न भ्रमणका नाममा तराईवासीको घुमफिरको योजना वनेकै हुन्छ ।स्कुलेको भर्ना अभियानको वेला ,पढाईको सुरुवात,वर्ष दिन सम्म काम गरेर घुम्नका लागी कर्मचारीले साँचेका विदा र उर्खमाउँलो गर्मीका कारण चैत र बैशाखमा घुमफिर गर्नका तराईवासीले छुटएको महिना भन्दा फरक पर्देन । यसै मेसोमा तीन बर्ष अघिको बैशाख तेस्रो साता अर्थात १७ गते सिक्किम सम्म घुम्न निस्किएका थियौ हामीहरु । टिममा हुनुहन्थ्यो उद्योग वाणीज्य संघ,गुलरियाका अध्यक्ष अंमर बहादुर खड्का,कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत हिक्मत कुमार श्रेष्ठ,सरकारी वकिल कार्यालय बर्दियाका वकिल विष्णु पौडेल, पत्रकार दुर्गा आचार्य,संघका कर्मचारी दिपक खड्का,भुरिगाउँका उद्योगा वाणिज्य संघका जिवन शाहि,तारा खड्का सहितको १८ जनाको टोलि । पहिलो पटक नेपाली भाषीको ठाउँ पुग्दा कस्तो होला हिड्दाको दिन देखि मनमा कोतुहलता मच्चिरहेको थियो । मेरो त विरगंजको पथलैया पुर्वको भम्रण पहिलो थियो । त्यस मध्यमा एक,दुईजनाका दोस्रो र तेस्रो सम्म दार्जलिङ घुमाई भईसकेको रहेछ ।पश्चिम तराइ भन्दा पुर्वमा विकास धेरै छ भन्दा तुलनात्मक रुपमा के फरक होला भन्ने दाज्नका लागी म उत्साहित भईरहेको थिए ।वाटो घाटो पुल पुलेसा र कृषिमा तुलनात्मक रुपमा पश्चिम तराई पुर्वी तराई दाज्ने मेरो योजना छ । दुईवटा गाडीमा १८ जनाको टिम सहित बर्दियाको सदरमुकाम गुलरिया छाड्दै विहान सात वजे हिँडेकोे टोलिको सिक्किम सम्मको यात्रा तय भएको थियो । थोरै खर्चमा यात्रा गर्ने टिमको योजनामा सवै सहमत थियौ । त्यसमा पनि १७ गते पहिलो विहानको खाना दाङको धान खोलामा खाईयो । त्यसपछि जति छिट्यो गन्तव्य नजिक पुग्ने हाम्रो योजना । गन्तव्य पुग्ने क्रममा राती १ बजे लहान पुगेर सितल निवास होटलमा रात काटियो । उखरमाउँलो गर्मीले त्यहा वस्दा हामीलाई सहज भएन । उस्तै गर्मी र लामखट्टेको टोकाईले रातकटाउँ सकस भयो । त्यसपछि १८ गते ईलामको पशुपति नगर पुगेर साझ दार्जलिङ पुग्ने योजनामा अनुसार चालकले गाडी पुर्व तिर गाडी सोझयाए । घुम्ने क्रममा झापा व्यबसायीक वन्दै गएको सुपारी खेतिको अवलोकन गरियो । त्यहास्थित उद्योग वाणिज्य संघका पदाधिकारीलाई भेटियो ।त्यस वाट अघि वढेपछि हरित कृषिले परिचय वनाएको ईलाम पुग्दा हामीहरु विच खुसीको सिमा रहेन ।नहोस पनि किन,दर्जनौ पहाडी जिल्ला मध्य दार्जलिङ छेउँको ईलाम हरिलो र भरिलो थियो । होचा हुन वा अग्ला पहाडका थुम्काथुम्की कान्लाकान्ली चिया वगानले ढाकिएका थिए ।

सुक्यायामले उराठ हुने खडेरिमा ईलामका गाउँ वस्ती हराभरा नै देखिन्थ्यो ।त्यहि देखेर फोटा खिचाउँन तछाड मछाड गरिरहेका वेला हामीहरु मन धेरै वेर त्यहि अडियो ।समग्रमा ईलाम रसिलो भएको हामीले पायौ ।त्यहाका मुख्य वाली चिया,अलैची,सुन्तला रहेछन् । त्यसैमा रम्ने धेरै किसान पनि छन् ।कृषिको हरियालीले ईलामीको जिवनस्तर उकासेको रहेछ ।समुन्द्रि सतहवाट तीन सय देखि ३६ सय सय मिटर उचाई सम्म फैलिएको ईलामलाई सदैव हरियो पार्ने चिया वगान मुख्य रहेछ ।घुम्दै फिर्दे ईलामकै नेपाल भारतको पशुपति नगर पुग्दा त पानी पर्यो । पातला लुगा लगाएर पुगेका हामीले वाक्ला लुगाएर गर्मी विर्सियो । हाम्रो गन्तव्य सिक्किम सम्म भएकाले अर्को भारतीय गाडी खोज्न लाग्यौ । त्यहा पुगेको केहि वेरमा नै भारतिय नम्बरका गाडी खोजी गरियो । प्रति व्यत्ति २२का दरले सिक्किमको चारधाम र दार्जलिङका केहि भ्यू प्पाईन्ट हर्ने कुरा तय भयो । पशुपति नगरवाट हामी निस्कदा जाडो भएको अनुभुति भईरहेको थियो । त्यहा वाट निस्कदा घनघोर वर्षा पनि भयो । पहिलो भ्यू सीमान हेर्ने भयौ हामीहरुले । सीमाना हेर्दा त पानीले वेस्सरी नै चुट्यो ।चिसो भईरहेका वेला चिया पिउँदा सिमाना मै अध्यारो भईसकेको थियो । दिनभरिको यात्राले लखतरान भईसकेका हामी होटलमा जाने भन्ने भयो । सवै चाहना अनुसार दार्जलिङ गेष्ट हाउसमा चालक दलले पुराए । राती चिसो मौसमा व्रान्डी खाने र रमाईलो गर्ने भन्ने हाम्रो चाहना ।त्यहा सिक्किमको व्रान्डि दार्जलिङ घुम्न आउँने पर्यटकले चाख्दा रहेछन् । हाम्रा टिममा सहयोग पुराईरहेका तारा खड्का व्रान्डि खोज्न पसल पसल चाहारे तर ब्रान्डि फेला पारेनन् । उनले हाम्रा लागी वजारवाट एक वोतल रम वोकेर आए । त्यहि पिएर टिमले थकाई मेटियो र यात्राले विट मार्यो ।१९ गते विहान ४ वजे उठेर सुर्योदय हेर्ने कुरा भएको थियो । बिहान छिटो उठ्ने हतारोले खाई वरि बेलैमा सुतेका थियौ ।प्याकेजमा तय भए अनुसार दार्जलिङ वजारवाट साढे चार वजे १५ किलोमिटर पुर्व विहानै सुर्योदय हेर्न निस्कियौ । हामी पुग्दा त्यस ठाउँमा २ हजारको हाराहारीमा पर्यटक पुगिसकेका रहेछन् । भिँडभाडमा सुर्योदय हेर्न हामी पनि तल्लिन भयौ । तर,दुर्भाग्य वश मौसम गडवडिका कारण हामीले रियल सुर्योउदय हेर्न पाएनौ । हेर्न नपाएर फर्किदै गर्दा पनि हामीलाई खल्लो महशुर भएन । हामीले आफ्नो मातृ भाषा वोल्न पाउँदा गर्व भएको थियो । करिव नेपाल भारतको सीमा देखि ६० किलोमिटर भित्र पस्दा पनि एक छिटिक हिन्दि भाषा वोल्न परेन हामीलाई । गीतसंगित र वोली सवै नेपाल गुनगुनाएको थियौ । एउटा भाषा चाहि त्यहाको चलन चल्तिको भाषा रहेछ । डल्लै भन्ने । त्यो चाहि अलि अनौठौ लाग्यो । तर, मन पर्यो ।डल्लै भनेका सवै भनेको रहेछ । गाडी चालक फार्वाले सवै जना गाडी मा चढ्यौ भन्दा डल्लै जना गाडीमा बस्नु भयो भन्दा हासो उठ्यो ।त्यसपछि दार्जलिङको अर्को पवाईन्ट भ्यू वतासिया डाँडामा पुगियो ।

जुन डब्लु डब्लु एफले लगानी उत्त पार्क वनेको रहेछ । त्यो ठाउँ पनि अग्लो पहाड भएकाले मनमोहन थियो । त्यहा दार्जलिङ भेष भुषा र पहिरन राखिएको थियो । त्यहा पुग्ने प्रायले दार्जलिङको सस्कृति झल्काउँने कपडा लगाएर फोटो खिचाउँदा रहेछन । पर्यटकको आर्कषण त्यसमा ठाउँमा राखिएका सस्कृति झल्काउँने कपडा लगाएर फोटो खिचाउँनु रहेछ । त्यस्तै टाढा रक गार्डेन र नजिकमा सुर्योउदय हेर्ने ठाउँ रहेछ दार्जलिङमा ।यस वाहेक दर्जन भन्दा वढि हेर्न लायक छ त्यहा ।त्यसपछि प्याकेजमा रिर्जभ गरेका गाडी सिक्किम तिर सोझियो ।करिव ६०किलोमिटरको दुरि पार गरेपछि धार्मीकस्थल चार धाम पुगियो । त्यहा एकै ठाउँमा रहेका दर्जन भन्दा वढि मन्दिरमा दर्शन गरियो । अग्लो पहाडको विचमा केदारेश्वर,द्धारिका,शाहीवाबा,रामेश्वरम र शंकर भगवानको अजंगको मुर्ती देख्दा हामी चकित भयौ । त्यहा पनि धार्मीक पर्यटकको भिड भाड नै थियो । पुजा आजा गरेपछि भटाभट फोटो खिच्यो । मन्दिर परिसर भित्र पस्दा एउटा क्यामराको ३० रुपैया तिर्न परेको थियो । त्यसको पनि हामीलाई फाईदा उठायौ । धेरैले त्यहा कै क्यामरा मेन सँग फोटो खिचाएर तुरुन्तै तस्बिर निकाले । क्यामरामेनले एउटाको ५०—५० रुपैया लिएर फोटो दिई हाल्यो ।दर्शन पछि उसिनेका चामलको भात खाएर सिधै ईलामको पशुपतिनगर पुग्दा झिसमिस भईसकेको थियो । नेपालीभाषीको ठाउँ सफा र सुन्दर सहर मन भित्र वसिरहेको छ ।नेपाली मान्छे उही गोला च्याप्टा अनुहार देख्दा भारतको पर्यटकिय स्थल घुमेको अहिले पनि आभास भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर