सीजी फुडकका कोरोना संक्रमित कर्मचारीको गुनासो : ‘खानामा बिहान साझ सोयाबीन र आलुको झोल’
शनिबार, भदौ २७, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता
भदौ २७ (फरकसमाचार)
नेपालमा चर्चित कम्पनी चौधरी ग्रुप नेपालकै मात्र नभई विश्वमै चर्चित ठूलो कम्पनी हो । जसले बर्दियाको बाँसगढीमा वाई वाई चाउँ चाउँ उत्पादमा गर्छ । अन्तराष्ट्रिय रुपमा परिचित चौधरी ग्रुपले विदेशमा पनि कम्पनी संचालन गरेको छ । ठूलो कम्पनीमा काम गर्ने कर्मचारीको व्यथा पनि ठूलो छ ।
चौधरी ग्रुपमा काम गर्ने ६२ कर्मचारीलाई पटक पटक गरी बिहिबार सम्म कोरोना पुष्टि भयो । ६२ जना मध्य २ जना कोहलपुरको आईसोलेसनमा बसेका छन भने अन्य होम आईसोलेसनमा छन् ।

कोरोना संक्रमित बिरामीलाई भने चौधरी ग्रुपले बाँसगढी स्थित अतिथि गेष्ट हाउसमा (होटल) राखेर बिहान साझ सोयाबीन र आलुको भोलमा झाक टार्न बाध्य बनाएको खबर बाहिरिएको छ ।

बाहिरबाट सुबिधा सम्पन्न देखिने होटल अतिथि होटलको आईसोलेसन बस्ने बिरामीलाई दिने सेवा गुणस्तरहिन भएको पीडित कर्मचारी बताएका छन् । अतिथि गेष्ट हाउसमा (होटल) ५४ जना बस्छन् । जसमध्य ५ जना गर्भवती छन् । गर्भवती महिलालाई बिहिबार कोरोना संक्रमित पुष्टि भएको हो । पौष्टिक खाने कुरा नखाँदा गर्भवती र वच्चाको ज्यान जोखिममा छ ।

कोरोना संक्रमित बचाउँन उच्च मनोबल र पौष्टिक खाना कोरोना जित्ने आधार हो । तर, कर्मचारीलाई खानाको मिनिमम रिक्वाएरमेन्ट पनि पूरा नगरिएको कोरोना संक्रमित कर्मचारीको गुनासो छ ।

कतिपय खानाको गुणस्तरहिन भएका कारण बिहान र साझ भरपेट नखाएको कुरा बाहिर आएको हो ।अतिथि होटलका नर बहादुर वलीले आईसोलेसनका बिरामीलाई बिहानको ब्रेक फास्टमा अण्डा र चना र खानामा साग सहित तीन थरीका तरकारी दिएको बताउँछन् ।मासु बिरामीलाई नदिने सर्त अनुसार मासु नदिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय