काग्रेसका नेता तथा पूर्व गाबिस अध्यक्ष वर्माको निधन
सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

बर्दिया, भदौ २९ (फरकसमाचार)
काग्रेसका नेता तथा गोला गाबिसका अध्यक्ष कृष्ण बर्माको निधन भएको छ । सोमबार साझ बर्माको निधनले राजापुर क्षेत्र नै स्तब्ध भएको छ । बर्माको निधनले नेपाली काग्रेसले एउटा होनाहार व्यत्तित्व गुमाएको छ । लामो समय देखि किड्निको बिरामीले ग्रस्त बर्मा काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो पटक सिढीबाट लडेर गम्भीर घाईत भएपछि उपचारको लागि काठमाडौं लगिएको थियो । त्यस क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । द्धन्द्धकालमा तत्कालिन माओबादीले आक्रमण गाउँ बसे आक्रमण गर्ने धम्कीले नेपालगंज स्थित गणेनपुरुवामा बस्दै आएका थिए । बेला बेलामा गाबिस पुगेपनि अस्वस्थ भएकाले सक्रिय राजनीति गर्न सकेका थिएनन् । भारतको लखनउमा किडनि प्रत्यारोपण गरेका बर्माको लामो समय देखि उपचार गरिरहेका थिए । मध्यम बर्गिय उनको उपचार क्रममा धेरै खर्च भएको थियो । उपचारको क्रममा खर्च गर्दा बर्माको आर्थीक अवस्था दयनिय भएको थियो । उनको दुई छोरा र एक छोरी छन् । गोला गाबिसमा हुने निर्वाचनमा बर्मा बहुमतले जितेर अध्यक्षको दुई सफल कार्याकाल चलाएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य, केन्द्रिय खेलकुद बिभाग र कुलापानी चौधरीको जिम्मेवार पदमा बसेका राजापुर क्षेत्रका लोकप्रिय नेता बर्मा भएको स्थानीय स्मरण गर्छन । वर्माको निधनमा नेपाली कांग्रेस प्रतिनिधि र प्रदेश सभा क्षेत्रिय कार्य समिति बर्दियाले गहिरो समबेदना व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय