घरघरमा खानेपानी धारा अभियान
शनिबार, माघ १८, २०७६ मा प्रकाशित

मान्म, माघ १८ : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले घरघरमा खानेपानीको धारा बनाउने अभियान शुरु गरेको छ । नगरपालिकाभित्रका तीन हजार ३०० घरधुरीमा खानेपानीको पहुँच पु¥याउन अभियान शुरु भएको हो ।

नगरभित्र खानेपानी पहुँच पु¥याउनका लागि युनिसेफसँगको साझेदारीमा काम अगाडि बढाइएको छ । धारा बनाउन नगरपालिकाको ६० र युनिसेफको ४० प्रतिशत लगानी रहेको छ । पहिलो चरणमा नगरपालिका २, ६ र ९ वडाका घरमा धारा निर्माण भइरहेको नगरपालिका उपप्रमुख मीमसरा शाही बमले बताए । पहिलो चरणमा तीन वटा वडामा काम भइरहेको छ’, उनले भने, ‘दोस्रो चरणमा सबै वडामा घरघरमा खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेका छौँ ।

पहिलो चरणमा नगरपालिका२ मा चार लाखमा ४५ घरधुरी, वडा नं ६ मा ११ लाखमा ८१ घरधुरी र वडा नं ९ मा २८ लाख ५० हजारमा १८५ धरधुरीमा खानेपानीको पहुँच पुग्ने उपप्रमुख बमले बताए । नौवटै वडामा आगामी आर्थिक वर्षमा नै खानेपानी धारा पु¥याउने लक्ष्य राखेर निर्माणको काम भइरहेको नगर प्रमुख काशीचन्द्र बरालले बताए । आगामी आर्थिक वर्षभित्र नगरभित्रका सबै वडाका घरधुरीमा खानेपानीका धारा बनाउने छौँ’, उनले भने, ‘नगरभित्रका कुनै पनि घरधुरी पानीको पहुँच बाहिर हुने छैनन् ।

खानेपानीका लागि स्थानीयवासी, नगरपालिका र दातृ निकायसँग सहकार्य गर्ने लक्ष्य राखिएको नगर प्रमुख बरालले बताए । सबैको साझेदारीमा काम गर्दा अपनत्वको भावना विकास हुने भएकाले साझेदारीमा काम गर्न थालेका हौँ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय