असोज १२, बर्दिया । बर्दियाको गेरुवा गाँउपालिकाको शान्ती बजारमा आयोजित खुल्ला ब्याडमिन्टन डबल प्रतियोगितामा गुलरिया नगरपालिकाको कृष्णसार युथ स्पोर्टस कलबले बिजयी प्राप्त गरेको छ ।
बर्दिया र कैलाली जिल्लाका २२ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गुलरियाका खेलाडिले बाजी मारेका हुन । प्रथम भएको युथ स्पोर्टस कलबलाई उपहार स्वरुप खसी प्रदान गरिएकोे थियो ।
गुलरियाका खेलाडी अनुपम न्यौपाने र सन्जिब महतोको जोडीले सत्ती गाँउपालिका, टिकापुर नगरपालिका, दुरगौली र रामजानकी स्थानिय निकायका टिमलाई हराउँदै उक्त प्रतियोगितामा प्रथम भएका हुन ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडिको पुरस्कार पनि गुलरियाका खेलाडी राजेन्द्र घिमिरे (पप्पु) ले प्राप्त गरेका हुन । कृष्णसार युथ स्पोर्टस कलबका अध्यक्ष युब राज श्रेष्ठ हुन् ।