अदुवाले कोरोना रोक्छ? यसो भन्छन् विज्ञ
सोमबार, असोज १९, २०७७ मा प्रकाशित

असोज १९, काठमांडौ । यतिबेला हरेक मानिस कोरोना संक्रमणबाट बच्ने उपायको खोजीमा छन्।

चिकित्सकले कोरोनासँग लड्न रोगप्रतिरोधी क्षमता बढाउनुपर्ने बताएपछि गुर्जाेलगायतका जडीबुटी सेवनमा मानिसले ध्यान दिन थालेका छन्।

तर यस क्रममा समाजमा कतिपय विज्ञानले प्रमाणित नगरेका हल्ला पनि फैलिइरहेका छन्। जस्तो : भान्सामा दैनिक प्रयोग हुने बेसार, प्याज, लसुन, अदुवाजस्ता खाद्य पदार्थको सेवनले पनि कोरोना रोक्न मद्दत गर्छ भन्ने चर्चा पनि सुनिन्छ।

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अदुवा र कोरोनाको सम्बन्धबारे यथार्थ जानकारी दिन एउटा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

साँच्चै अदुवा सेवनले कोरोना रोक्न मद्दत गर्छ? यस विषयमा डा. करिश्मा मल्ल वैद्यले तलको भिडियोमा बताएकी छन् :

https://www.facebook.com/watch/?v=1256940061336998

साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय