राना, चौधरी, न्यौपाने र घिमिरे विजय" />
बर्दियामा अन्तर नगर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

राना, चौधरी, न्यौपाने र घिमिरे विजयी

६ कार्तिक, बर्दिया । विजयादशमी तथा दिपावलीको उपलक्ष्यमा आयोजक कृष्णसार युथ स्पोर्टस क्लब र आर्थिक सहयोग गुलरिया नगरपालिकाको सहयोगमा आयोजना गरिएको अन्तर नगर खुल्ला, एकल, डबल र सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

ब्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फको डबल खेलमा नेपाल प्रहरीका लीला राना र राजेश चौधरी प्रथम भएका छन् भने केशव गौतम दोस्रो भएका छन्

एकल खेलमा गुलरिया नगरपालिका वडा नं. ७ बगलामूखी टोलका अनुपम न्यौपाने प्रथम भएका छन् भने प्रेम थापा दोश्रो भएका छन् ।

 

सुपर भेट्रान तर्फको खेलमा राजेश घिमिरे (पप्पु) प्रथम भएका छन् भने तुल मल्ल दोश्रो भएको कृष्णसार युथ स्पोर्टस क्लबका अध्यक्ष युब राज श्रेष्ठले जानकारी गराए छन् ।

उक्त ब्याडमिन्टन प्रतियोगिता कार्तिक १ गते देखि ६ गते सम्म चलेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर