बर्दियामा मठ–मन्दिर जान प्रहरीद्वारा प्रतिबन्ध
शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित

७ कार्तिक, बर्दिया । बडादशैँमा कोरोना संक्रमणलाई मध्यनजर गरी जिल्ला स्थित भिडभाड हुने शक्तिपीठहरुमा पुजाआर्चना गर्न प्रतिबन्ध लगाईएको छ ।

प्रहरीले गुलरिया नगरपालिका वडा नं. ७ स्थित प्रसिद्ध बगलामूखी मन्दिर तथा कोटही माताको मन्दिरमा प्रहरी परिचालन गरी पुजाआर्चना गर्न रोक लगाएको हो ।

गुलरिया नगरपालिका वडा नं. ५ का सदस्य युव राज श्रेष्ठले श्रीमतीसँग मन्दिर पुजा गर्न जाँदा प्रहरीले पुजा गर्न नदिई फर्काएकोे र प्रशासन कार्यालयले गरेको ज्यादती अमान्य हुने बताए ।

भीडभाड हुने मन्दिरमा प्रहरी परिचालन गरी कोरोना संक्रमणको जाखिमलाई नियन्त्रण गर्न पूजा आर्चना गर्न रोक लगाएको प्रहरी उपरिक्षक केदार रजौरेले जानकारी दिए ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले घटस्थापना देखि नवमीसम्मलाई विभिन्न शक्तिपीठ, मन्दिरका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डालमा जमघट नहुन असोज ३० गते देखि निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय