पर्यटकिय गन्तव्य: दशैमा घुमौ र रमाऔं
शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

 

निर्मल घिमिरे
बर्दिया,
कात्तिक ८

बर्दिया राष्टिय निकुन्ज
निकुन्जमा नागौं आखाले वाघ देख्न सकिन्छ । गैडा,हात्ती कर्णालि तटमा अक्सर देखिने जनावर हुन । शिव सामुदायिक वनमा सर्तकर्ताका साथ नहेरे गैडा ठोकिन आईपुग्छन । यो सामुदायिक वन पनि निकुन्ज छेउँमै अवस्थित छ । बर्दिया राष्ट्रिय निकुन्जको ठाकुरद्धारा पुग्न नेपालगंज वाट तीन घन्टा,धनगढि वाट चार घन्टा महेन्द्रनगरवाट पाँच घन्टामा पुगिन्छ । दशैका वेला पाहुना स्वागत गर्न आतुर पर्यटन व्यबसायी यसवेला उत्साहित हुन्छन । दुई दिनको ठाकुरद्धारा बसाईले जंगल सफारी,हात्ती सफारी र जंगल वाकमा सरिक हुन सकिन्छ ।निकुन्ज घुम्नको लागी समस्या छैन । निकुन्जमा २० वटा रिसोर्ट छन् । दशैका बेला होटल संचालकले प्याकेज सिस्टम लागु गर्छन । प्याकेजमा खान बस्नका लागी सस्तो पर्न जान्छ । ठाकुरद्धाराका २० वटा रिसोर्टमा एक हजार बढि पर्यटक सुबिधाजनक तरिकाले बस्न सक्छन ।
कृष्णसार संरक्षण क्षेत्र
निकुन्ज घुमपिर पछि बर्दिया जिल्लामा गुलरिया नगरपालिका २ खैरापुरमा रहेको एक मात्र कृष्णसार संरक्षण क्षेत्र रहेको छ । करिब तीन सय कृष्णसार रहेको उक्त स्थान अति सुन्दर र शान्त छ ।संरक्षण क्षेत्रमा कृष्णसारको जम्प हेर्न लायक हुन्छ । अति लजालु र सोझो वन्यजन्तु जम्प माथी जम्प गर्दे उफ्रन्छ । लोपउन्मुख वन्यजन्तु कृष्णसार हेर्न जोकोहि लालाहित हुन्छ । कृष्णसार संरक्षण क्षेत्र पुग्न नेपालगंज देखि नजिकै पर्ने एउटा महत्वपुर्ण पर्यटकिय गन्तव्य हो । जिल्ला सदरमुकाम गुलरिया देखि ६ किलोमिटर पश्चिममा संरक्षण क्षेत्र पर्दछ ।यँहा पुग्न कुनै समस्या छैन । गुलरिया सम्म आईपुग्ने हो भने टागां ,ईरिक्सा र बसको माध्यवाट संरक्षण क्षेत्र पुग्न सकिन्छ । संरक्षण सदरमुकाम गुलरिया देखि नजिक पर्ने हुनाले खान र बास बस्न छानी छानी गुलरियाका होटलमा सुलभ र सस्तोमा बस्न सकिन्छ ।
देशको लामो पुल
पछिल्ला समय पर्यटकको आर्कषकको केन्द्र बनेको कोठियाघाट स्थित एक किलोमिटर लामो पुल अर्को पर्यटकिय गन्तव्य हो । देशको नमुना पुलको रुपमा निर्माण भएको पुल हेर्न लायक छ ।शनिबार र विदाको समयमा स्थानीय पिकनिक खेल्न आउँने घुईचो लाग्छ । चुरे पहाडसँग नजिक रहेको कोठियाघाट पुल रमणिय छ । धार्मीक आस्थाका कारण पनि कोठियाघाटमा पर्यटक आउँने गर्छन । देशकै लामो पुल ,डल्फिन र सुन्दर ठाउँ भएकाले त्यो ठाउँका प्रसिद्धि दिनहु चुलिदै गएको छ । यो पुल नेपालगंज देखि तीन घन्टा ,पुर्वपश्चिम राजर्माग भुरिगाउँदेखि आधा घन्टा र गुलरिया एक घन्टामा पुगिन्छ । कोठियाघाट पुगेकाले बस्न कुनै समस्या छैन । त्यहा पनि कटेजमा खान बस्न सकिन्छ ।कर्णालिका चिसो माछा खाएर आनन्द लिनकालागी यो ठाउँ उपयुक्त छ ।


कर्णालि पुल
कोठियाघाट ठिक दक्षिणमा कर्णालि चिसापानीमा रहेको पुल एशियाको दोस्रो पुल हो । चुरेक्षेत्रसँग जोडिएको चिसापानी पुल पछिल्लो समय पश्चिम नेपालको पर्यटकिय गन्तव्यको पहिचान बनाएको छ । चिसापानी महत्व र यसको बिशेषता अन्यत्र ठाउँको भन्दा भिन्न छ । दुई दशक अघि जापान सरकारको सहयोगमा निर्माण भएको पाँचस सय मिटर लम्बाईको नमुना पुल हो । तराजुमा जोखे जस्तो सुन्तुलन गरिएको पुल पहिलो पटक हेर्न जो को ही पनि लालहित हुने गरेका छन् । त्यहि पुल छेउँ तिर बसेर दुईवटा पिलरले धानेको पुलकोे फोटो खिच्न पर्यटकको भिड नै लाग्छ ।पुल हेर्ने र ताजा माछा खानका लागीे घुम्न आउँने पर्यटक भेटिन्छन । पुल छेउँमा दर्जन बढि माछा परिकार पकाउँने होटल छन् । बिभिन्न ठाउँ वाट आएका पर्यटक होटलमा माछा खान्छन र रमाउँछन । चिसापानीमा पर्यटक अधिक भित्रनुको कारण— पुल र माछा हो । २०५० सालमा निर्माण भएको पुलले पुर्बी र पश्चिम नेपाल प्रत्यसँग रुपमा सम्र्पक गराएकाले पनि यसको उत्तिकै महत्वपुर्ण छ । पुर्वपश्चिम राजमार्ग जोडने उक्त पुल पुग्न सहज छ ।


बढैयाताल
बढैया ताल पश्चिम नेपालको ठूलो क्षेत्रफल ओगटेको ताल हो । सिमसार क्षेत्रमा सुचिकृत ताल जैबिक बिबिधताको महत्वपुर्ण मानिन्छ । साईबेरियावाट पाहुना चरा आउँने समयमा ताल आर्कषक देखिन्छ । ताल घुम्न आउँनले बिभिन्न प्रजातीका चरा सजिलै देख्न सक्छ । यति वेलाका सारस र कुर्मा,लोभीपाप, हुटिट्याउँ र हरिहाँस रैथाने चरा हुन । सारस र मरु साईबेरियावाट आउँने चरा हुन ।यो ताल मैनापोखर र सोरहवामा विच भागमा अवस्थित छ । नेपाल पक्षी संरक्षण संघ लगायतको टालीले गरेको गणनामा ३८ प्रजातीका १ हजार ८ सय २३ जरा यस तालमा गणना भएको छ । पाहुन चराका लागी चितवनको वीसहजारीपछि बढैया दोस्रो ठूलो ताल मानिन्छ । बढैया ताल पुग्न कुनेै समस्या छैन । बाँके र बर्दिया सीमानामा पर्ने यो ताल पुग्न नेपालगंज र गुलरियावाट ४५ मिनेटको समय लाग्छ । त्यहा पनि पर्यटकलाई लक्षित गरि कटेज संचालन गरिएको छ । खाजा खाएर तालको अवलोकन सहज तरिकाले गर्न सकिन्छ । दिनभरि घुमेर बास बस्नका लागी नेपालगंज र गुलरिया जँहा पुगे पनि हुन्छ । यतिवेला ताल रमणिय र सुन्दर देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय