सरजु नदी किनारमा सुबिधा सम्पन्न आर्कषक कटेज निर्माण
बुधबार, माघ १४, २०७७ मा प्रकाशित

गुलरिया नगरपालिका ८ स्थित सरजु नदी किनारमा संचालनमा आउँने तयारी अवस्थामा रहेको अरोमा कटेजले स्थानीय परिकारहरु प्राथामिकता साथ पस्कने र नदीमा फिसिङ गर्न सकिने र यूवालाई आर्कषण गर्न व्याडमिन्टन र भलिबल कोर्ट निर्माण गरिएको छ भने स–साना बर्थ डे पार्टी र पार्टी प्यालेसका कार्यक्रम पनि समावेश गर्न सकिने गरी उक्त कटेजले व्यबस्थापन गरेको छ ।

राम प्रसाद चौहान
बर्दिया, माघ १४ / हाँसी खुसी जिन्दगी चल्छ मेहनत गरे आफ्नै ठाउँमा सुन फल्छ भन्ने उखानलाई साकार पार्न स्थानीय तीन युवा व्यवसाय तथा उद्यममा लागि परेका छन् ।

गलरिया नगरपालिका–८ मा पर्ने अरोमा कटेजका लागि तीन जनाको लगानी छ । स्थानीय भुपेन्द्र राउत, सुरज थापा मगर र प्रेम रोका मगरको लागानीमा अरोमा कटेज निर्माण भईरहेको छ ।

आफ्नै ठाउँमा लागानी गरी व्यवसाय संचालन गर्ने उदेश्यले युवाहरु कटेजनिर्माण गरिरहेका छन् । बैदेशिक रोजगारीमा पीडा खपिनसक्नु भएकाले आफ्नै ठाउँमा रोजगार सिर्जना गर्ने उदेश्यले कटेज निर्माण गरिरहेको भुपेन्द्र रावलले बताए ।

‘कोरोना महामारीका कारण बैदेशिक रोजगारमा रहेका नेपालीहरुले भोगेको दुख पिडा हामीले देखेकै छौं त्यसैले हामी जस्ता युवाहरुविदेसीनु भन्दा आफ्नै ठाउँमा व्यवसाय गर्नु पर्छ,’उनले भने । आफु मात्र रोजगार नभई नगरवासीलाई रोजगार दिने कटेज संचालकको उदेश्य छ ।
रमणिय ठाउँमा कटेज संचालनमा ल्याएको उनले दावी गरे ।

उक्त होटल सरजु नदी किनारमा खोलिएको छ । नदी तटिय क्षेत्रमा खोलिएको कटेज स्थानीय परिकार पस्केर ग्राहकलाई आर्कषण गर्ने संचालकको योजना छ । ‘हामीले नदी तटिय र शान्त वातावरण खानाको स्वाद दिएर ग्राहकको ध्यान आर्कषण गर्ने हाम्रो उदेश्य हो’ संचालक भन्छन्,‘कोलाहल मुक्त भएर परिकार स्वाद लिने अवसर ग्राहकले पाउँछन् ।’

गुलरिया नगरपालिका–८ स्थित सर्जुनदीको किनारमा युवाहरु अरोमा कटेज संचालन गर्न लागेको कटेज आर्कषक छ । कृषिविकास कार्यालयको पछाडि पाँच सय मिटर दक्षिणमा रहेको सर्जुनदीको किनारमा अरोमा कटेज निर्माणधिन छ । संचालकहरु अनुसार लभभग कटेज निर्माण कार्य सम्पन्न भईसकेको छ । माघ महिनाको अन्तिमतिर संचालनमा ल्याउने संचालकले जानकारी गराए ।

कटेजले सबै उमेरका ग्राहकको मन जित्न सफल हुने उद्यमी युवाहरुले विश्वास लिएका छन् । सर्जुनदीको किनारमा भएको कारणले प्राकृतिक सौन्दर्य, सर्जुतालमा रहेका चराचुरुङ्गीहरुको दृश्य र शान्त वातावरणले जोकोहीलाई आकर्षित गर्ने यूवा दावी गर्छन् ।

दिनभरी काम गरेर जो सुकै व्यक्ति पनि शान्त वातावरणमा बसेर खाजा खाने रुचाउँछन् । त्यसैलाई मध्यनजर गरेर हामी व्यवसाय संचालन ल्याएको अर्का संचालक थापाले बताए । आफै पनि होटेल व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण गरेको हुनाले सबै उमेर समूहलाई मध्यनजर गरेर खाजा नास्ताको व्यवस्था मिलाउने भुपेन्द्र रावउले बताए । पढेर जगिर मात्रगर्नु पर्छ भन्ने सामाजिक मान्यतालाई बिर्सिदै उनीहरु आफ्नै व्यवसाय संचालन गर्न लागेको बताए ।

युवाहरुका अनुसार स्वास्थ्यलाई मध्यनगर राखेर स्थानीय ठाउँमा पाइने लोकल कुखुरा, लोकल माछाका विभिन्न परिकार बनाउने जानकारी दिए । हप्तामा एक दिन विषेश छुटमा परिकारहरु उपलब्ध गराउने व्यवस्था गरिने जानकारी दिए । त्यसैगरी कटेज पनि बाँस र खरले निर्माण गरिएको छ । कटेज वातावरण मैत्री बनाउँन आकर्षक देखिनको लागि हरियो रङ रोगन गरिएको छ । त्यसैगरी कटेज परिसरमा ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट निर्माण गरेर यूवाको आर्कषको केन्द्र पनि बनाउँने योजना रहेको अर्का संचालक रोकाले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर