मधुवनको सवै वडामा अपांग समन्वय समिति गठन
बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, माघ १५ / मधुवन नगरपालिकाले सबैवडामा अपांगता भएका ब्यक्तिहरुको वडा स्तरीय अपांगता समन्वय समिति गठन कार्य सम्पन्न गरेको छ ।

मधुवन नगरपालिकाको आर्थिक सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक उपशाखाको आयोजनामा यहि माघ ५ गते वडा नम्बर ३ बाट शुरु भएको समन्वय समिति गठन तथा अभिमुखिकरण अभियानको कार्यक्रम बिभिन्न वडाहरुमा संचालन गर्दै वडा नम्बर ५ मा पुगरे अभियान बुधबार सम्पन्न भएको हो ।

छरीएर रहेका अपांगता भएका ब्यक्तिहरुलाई संगठित गरि स्थानिय सरकारको अपांगता लक्षित कार्यक्रमद्धारा उनिहरुलाई स्थानिय स्तरमै पुनस्र्थापन गर्न, उनिहरुका हक, अधिकारका बारेमा सचेतिकरण गराउदै वडा सरकार र समिति बिचको सम्बन्धमा प्रभाबकारी बनाउने उद्देश्यले संचालन गरिएको समिति निमार्ण तथा अभिमुखिकरण कार्यक्रम उत्साह पूर्वक सम्पन्न भएको महिला बालबालिका उप–शाखा मधुवनले जनाएको छ ।

उप–शाखा प्रमुख ईन्द्रा चुनाराले कार्यक्रमको उद्देश्यमा प्रकास पार्दै नगरपालिकाको सबै वडाहरुमा अपांगता समन्वय समिति गठन गरि राज्यका सेवा सुबिधामा पहँुच अभिबृद्धि गर्न, अपांगता परिचय पत्र बितरण प्रकृयामा प्रभाबकारी र सहजता बनाउन साथै उनिहरुको संगठनलाई दिगो पनाका लागि बचत गर्ने बानीको बिकास गराउने उद्देश्यका साथ अभियानलाई तिब्र पारिएको उप–शाखा प्रमुख चुनाराले बताईन् । स्थानिय सरकाको लक्षित कार्यक्रम वडा स्तरसम्म पुर्याइ सेवा सुबिधाका कार्यक्रम वडा स्तरीय अपांग समन्वय समिति द्धारा संचालन गरि शिप बिकास, आयआर्जन लगाएतका कार्यक्रमबाट पुनस्र्थापन गर्नमा सहयोग पुग्ने बताईन् ।

माघ ५ गते देखि १४ सम्म संचलान गरिएको समिति निमार्ण र अभिमुखिकरण कार्यक्रम सम्बन्धित वडाका अध्यक्षको प्रमुख आथित्यमा भएको थियो । अपांगता भएका ब्यक्तिहरुको सवाल, अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि सेवा सुबिधाहरु, स्थानिय सरकारको दायित्व र स्थानिय स्तरमा निमार्ण भएका समन्वय समितिको भुमिका लगायतका बिषयमा बर्दिया अपांग पुनस्र्थापना केन्द्रका निर्देशक डि.बी. सुनारले बताए ।

समिति निमार्ण कार्यक्रममा मधुवन नगरपालिकाका सबै वडाका अध्यक्ष र नगर उप–प्रमुख शुवरानी थारुले उपस्थिती रहेको थियो । अपांगता भएका ब्यक्तिहरुको लागि यो अभियान महत्वपुर्ण भएको भन्दै नगर र वडाका अपांगता लक्षित कार्यक्रम समिति मार्फत गर्न सहज हुने र वडामा अपांगता भएका ब्यक्तिहरुको लागि जीविको पार्जन, शिपबिकास तालिम आयआर्जन , लगाएत पुनस्र्थापनासंग सम्बन्धित योजना बनाई वडा र नगर पालिकामा पेश गर्न समिति लाई सुझाब दिए । समितिबाट योजना आएमा अपांगताको क्षेत्रमा बजेट बिनियोजन गर्दा पहिलो प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएका छन् ।

नव गठित समितिले भने वडा स्तरीय समिति गठन गरेर मात्र नपुग्ने भन्दै पालिका, वडा स्तरमा हुने योजना तर्जुमामा समितिको प्रतिनिधत्वको सुनिश्चितता हुनु पर्ने भन्दै शसक्तिकरण, क्षमता बिकास र बचत ऋण परिचालन सम्बन्धिका तालिमको ब्यबस्था गर्नुपर्नेमा अपांगता भएका ब्यक्तिहरुले प्रतिकृया दिए । ५ न.वडामा नगर कार्यपालिका सदस्य लिला ओलीको अध्यक्षता भएको कार्यक्रममा प्रेम बहादुर गुरुङ्गको अध्यक्षतामा ७ सदस्य वडा स्तरीय अपांग समन्वय समिति गठन भएको बर्दिया अपांग पुनस्र्थापना केन्द्रका महासचिब हरि प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर