संक्रमण चक्रलाई रोक्न बर्दियामा कोरोना विरुद्वको खोप लगाउ अभियान
बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

खोप ३ चरणमा दिने तयारी छ । पहिलो चरणमा फर्म भरिने र सल्लाह सुझाव दिने । दोस्रो चरणमा खोप दिने र तेस्रो चरणमा खोप दिएकालाई ३० मिनेट प्रत्यक्ष निगरानीमा राख्ने व्यवस्था जिल्ला अस्पतालले मिलाएकोे छ ।

राम प्रसाद चौहान
बर्दिया, माघ १५ / प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले संक्रमण चक्र रोक्न नेपाल सरकारको योजना सर्व पक्षिय रुपमा सहकार्य गर्न बुधवार खोप लगाउ अभियान सुरु अघि मन्तव्य राख्ने क्रममा आह्वान गरे । प्रजिअ अधिकारीले कोरोना खोप लगाउँने सूचिमा पर्ने फन्टलाईनर स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाई कर्मचारीलाई खोप लगाए पश्यात पनि स्वास्थ्य मापदण्ड भित्र अनिवार्य रहन निर्देशन दिए ।

संक्रमण चक्रलाई रोक्न नेपाल सरकारले चालेको अभियान सबैको साझा कर्तव्य र सहकार्य गर्न समेत उनले आग्रह गरे । बुधवार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले खोप अभियान प्रभावकारी बनाउँनका लागि स्वयम उपस्थित भएर दिएको सुझाव निर्देशनलाई प्रशंसनिय भएको भन्दै स्थानीयले मुक्त कण्ठले प्रशंसा गरे ।

कोभिड– विरुद्धको खोप अभियान बर्दियामा बुधबारबाट शुरु गरिएको छ । पहिलो चरणमा गुलरियामा र मधुवन औपचारिक कार्यक्रम विच सुरु भएको अभियानमा अस्पतालका मेसु सुभाष पाण्डे, डाक्टर विजय उपाध्याय लगाएर सुरुवात भएको छ ।

सबै भन्दा पहिले जिल्ला अस्पतालका डा. विजय उपाध्यायलाई पहिला कोरोना खोप लगाई कोभिड–१९ विरुद्ध खोप अभियान शुरु गरिएको छ । त्यसलगत्तै अस्पतालका मेसु पाण्डेले खोप लगाए ।

एकै दिन सबै स्वास्थ्यकर्मीहरुलाई खोप दिदा स्वास्थ्य सेवा रोकिने भएको हुनाले पहिलो दिन गुलरिया, मधुवन र दोस्रो दिनबाँकी पालिकाका स्वास्थ्यकर्मीहरुलाई दिने योजना छ । बर्दियामा १ हजार ९ सय ६२ खोप लगाउने हामीसंग नामावली रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ । हामीसंग २ हजार खोप डोज उपलब्ध छ । फन्ट लाईनमा कामगर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र सफाई कर्मचारीहरुलाई खोप दिईने छ । बाँकी बचेको खोप जेष्ठ नागरिक वा आवश्यक कर्मचारीहरुलाई पालिकाको सिफारिसमा दिने अस्पतालले जनाएको छ ।

खोप ३ चरणमा दिने तयारी जिल्ला अस्पतालले गरेको छ । पहिलो चरणमा फर्म भरिने र सल्लाह सुझावदिने । दोस्रो चरणमा खोप दिने र तेस्रो चरणमा खोप दिएकालाई ३० मिनेट प्रत्यक्ष निगरानीमा राख्ने व्यवस्था जिल्ला अस्पतालले गरेको छ ।

गर्भवती महिला, २,३ हप्तामा गर्भ राख्ने दम्पत्ति र दीर्घ रोगीहरुलाई खोप नलगाईने जिल्ला अस्पतालले जनाएको छ । बर्दियामा आएको २ हजार खोपको राख्ने व्यवस्था जिल्ला स्वास्थ्य कार्यालयले गरेको छ । तालिम प्राप्त अनुभावी स्वास्थ्यकर्मीहरुद्धारा खोप लगाईने छ ।
हामीकहाँ आएको खोपले हानी गर्छ भनेर चिन्ता गर्नु पर्दैन किनभने विश्वको ५० वटा देशमा यो खोप लगाउने कामभई रहेको जिल्ला अस्पतालले जनाएको छ ।

यो खोप लगाईसकेपछि ७० देखि ७७ प्रतिशत कोरोना भाइरस लाग्दैन भनेर अस्पतालले दावी गरेको छ ।
हामीले पूर्ण रुपमा कोरोना भाइरसबाट छुटकरा पाएका छैनौं । अझैपनि स्वास्थ्यका मापदण्डको पालना गर्नु आवश्यक रहेको डा. सुभाष पाण्डेले बताए ।

बुधबार गुलरिया र मधुवन नगरपालिकाका १ सय ४ जना स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारीहरुलाई खोप लगाईएको डा. सुभाष पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर