" />
शारीरिक रुपमा अपाङ्गता रहेका थारुले कृषिलाई आम्दानीको श्रोत बनाउदा स्थानिय दंग
शनिबार, माघ १७, २०७७ मा प्रकाशित

                                                                                                 कृषक पतिराम थारु

दलबहादुर सुनार
बर्दिया, माघ १७ / बाँसगढी नगरपालिका– ६ नारायणपुरका शारीरिक अपाङ्गता भएका ब्यक्ति पतिराम थारुले ब्यवसायीक तरकारी खेति गरी आम्दानीको श्रोत बनाउदा स्थानिय दंग परेका छन् ।

कोरोना भाईरसका कारण नेपालमा ०७६ चैत्र ११ गते देखि बन्दाबन्दी भएसंगै धेरैको पेशा ब्यबसाय रोजगारी संकटमा परेको बेला पतिराम थारु मौषमि तथा बेमौषमी तरकारी खेतिमा आकर्षित भई पेशालाई आम्दानीको श्रोत बनाउन सफल भएको देखेर स्थानिय दंग परेका हुन् ।
कोभिड –१९ का कारण नेपाल भारतको सिमानामा कडाई हुदा भारतबाट तरकारी जन्य बस्तु नेपाल आउन नपाउदा उत्पादन भएका तरकारीले उचित बजार भाउ पाएको अवस्थामा दैनिक रु. एक हजार पाँच सय देखि दुई हजार सम्म आम्दानी गरेको थारुले बताए । हाल भारतीय नागरिकहरुले भारतिय तरकारी घरदैलोमा ल्याउदा पेशानै संकटमा पर्ने हो की भन्ने चिन्ता प्रकट गरे ।

३३ वर्षे पतिराम तिनपांग्रे साईकलको साहायतामा १० कट्टा क्षेत्रफल जग्गामा टमाटर, काउली, बन्दा, खर्सानी खेती ब्यसायिक रुपमा गर्दै आएको उनले बताए । स्थानिय ब्यापारीहरु बारीमा आउने र उचित मूल्य दिएर लैजाने गर्दा बजारको लागि खासै समस्या थिएन तर अहिले भने प्रतिस्प्रर्धाले गर्दा कम मुल्यमा बेच्नु परेको थारुले बताए ।

समुहबाट २० हजार रुपैया कर्जा लिएर शुरु गरेको तरकारी ब्यसायबाट एक सिजनमा करिब १ लाख ५० हजार आम्दानी गरेको उनले बताए । परिवारका सदस्यहरु पनि कृषि पेशामा ब्यस्त हुन पाउदा पेशाप्रति खुसि भएको बताए ।

१२ कक्षा सम्मको अध्ययन पुरा गरेका परिवारका जेठा छोरा पतिराम भन्छन् स्थानिय कृषक कमलनाथ थारुको प्रेरणाबाट कृषि पेशामा आकर्षित भएको भन्दै हातेमालो कृषि सहकारीबाट सामान्य रोग किराको बारेमा अभिमुखिकरण पाएको तर राज्यबाट कुनै पनि सहयोग नपाएको उनले गुनासो पोखे । कृषि पेसालाई ब्यवस्थित रुपमा ब्यवसाय गर्न धेरै चुनौतिको सामना गर्नु पर्ने बताए ।

सरकारले अनुदानमा पावर टेलर, सिंचाई गर्ने मोटर, ट्रनेलको ब्यवस्था र कृषि सम्बन्धि तालिमको ब्यवस्था उपलब्ध गराए कृषि पेसालाई नमुना बनाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर