अपाङ्गता अधिकारको माग राख्दै अपिलपत्र पेश
बुधबार, माघ २१, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, माघ २१ / अधिकारको माग राख्दै बढैयाताल गाउँपालिकामा बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रले मंगलबार अपिलपत्र पेश गरेको छ ।
नेपालको संबिधान २०७२, अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७मा भएका ब्यबस्थालाई कार्यान्वयन गरियोस् भन्दै पालिका अपिलपत्र बुझाइएको सस्थाले जनाएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुको लागि बनेका नीतिगत ब्यबस्थाहरु कागजमा मात्र सिमित भएको र कार्यान्वयको सवालमा स्थानिय सरकार र सम्बन्धित सरोकारवालाहरु बेखबर भएकोले अपाङ्गता भएका ब्यक्तिहरुको सेवा सुबिधालाई अनुभुति हुनेगरि ब्यबहारमा लागु गर्न यो दवाबमुलक अपिल पत्र पेशगर्नु परेको सस्थाका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले बताए ।

अपिलपत्रमा भनिएको छ कोरोनाको माहामारी हालसम्म नियन्त्रणमा नआइसकेको अवस्थामा अपाङ्गता भएका ब्यक्तिहरु अन्यको तुलनामा बढी जोखिम हुने सम्भावना बढीहुने गर्छ । माहामारीको उच्च जेखिमबाट बच्नका लागि पहिलो चरणमा अपाङ्गताको क्षेत्रमा अग्रपंतिमा खटिने ब्यक्तिहरुलाई र त्यस पछिका चरणमा स्वास्थ्य अवस्था हेरी अपाङ्गता भएका ब्यक्तिहरुको लागि खोपको ब्यबस्था र राज्यद्धारा प्रदत नीतिगत ब्यबस्थाको कार्यान्वयनलाई प्रभाबकारी रुपमा लागु गरि अपाङ्गता भएका ब्यक्तिहरुका सेवा सुबिधालाई पहुचँ युक्त बनाउनका लागि १० बुदे अपिलपत्र पेश गरिएको जनाईएको छ ।

पालिकाका उपाध्यक्षको कार्यकक्षमा भएको कार्यक्रममा बर्दिया नागरिक समाज संजालका संयोजक बालकृष्ण ओलीले हस्तान्तरण गरको उक्त अपिल पत्र बुझ्दै उपाध्यक्ष दिपाकुमारी गौतमले यस पालिकालाई अपाङ्गता मैत्री बनाउने योजना रहेको बताउदै अपिल पत्रमा भएका मागहरु प्रति पालिकाको ध्यानाकषर्ण भएको भन्दै पालिकाले उक्त मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

हस्तान्तरण गरिएको अपिल पत्रमा कोरोना भाइरस, यसको संक्रमण र यसबाट बच्ने उपायहरुको बारेमा आधिकारिक सूचनाहरू धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरू समक्ष पुर्याउनु पर्ने, अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य उपचारका सेवा सुविधामा पहुँच युक्त बनाउनु पर्ने, भुमिहीन सुकुम्वासी अपाङ्गता भएका ब्यक्तिहरुको लागि पुर्नवास तथा पुर्नस्थापना गर्न लगत सहितको योजना बनाउन पहलगर्नु पर्ने, अपाङ्गता परिचय पत्रलाइ सर्वसुलभ बनाउन र पुर्णअशक्त र अतिअशक्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि घरदैलो सेवा बिस्तार गर्नु पर्ने र यदि मिस्टेकले वा कसैले झुक्याएर परिचय पत्र लिएको भए त्यस्तो परिचय पत्र खारेजी गर्नु पर्ने , बेरोजगार ग र घ बर्गको अपाङ्गगता परिचय पत्र पाएका ब्यक्तिहरुको लागि बेरोजगार सामाजिक सुरक्षा भत्ताको ब्यब्या गर्नु पर्ने, अपाङ्गता भएका ब्यक्तिहरुले जीबिको पार्जनका लागि सञ्चालित पेशा ब्यबसायलाई प्रोत्साहित गर्न पेशा तथा ब्यबसायमा दर्ता र करमा निशुल्क तथा छुटको ब्यबस्था गर्नु पर्ने, अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वाबलम्बि बनाउन तालिम र बजेट सहितको योजना ल्याउनु पर्ने लगाएतका १० बुदे अपिलपत्र बुझाएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर