बढैयातालमा नागरिक सहायता कक्षको उद्घाटन
बुधबार, माघ २१, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, माघ २१ / बढैयातालमा नागरिक सहायता कक्षको मंगलबार उद्घाटन भएको छ ।

गाउँपालिकामा सेवा लिन आउने नागरिकहरुको सेवा प्रकियामा हुने समस्यालाई न्यूनिकरण गर्ने उदेश्यले स्थापना गरिएको सहायता कक्षको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एक कार्यक्रममा रिवन काटेर उद्घाटन गरेका छन् ।

बागेश्वरी असल शासन क्लब नेपालगंज बाँकेले बढैयातालको समन्वयमा नागरिक सहायता कक्षको स्थापना गरेको हो ।

सहायता कक्षको उद्घाटन कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, यातायात ब्यवस्था कार्यालयका प्रमुख पूर्ण बहादुर खत्री, हुलाकी सडक डिभिजन कार्यालयका प्रमुख गगल बहादुर भण्डारी, बढैयातालका उपाध्यक्ष दिपाकुमारी गौतम, प्रमुख प्रशासिकय अधिकृत अर्जुन सुबेदी बर्दिया नागरिक समाज संजालका संयेजक बालकृष्ण ओली स्थानीय सरकारका कर्मचारी, लगायतका उपस्थिती रहेको क्लबका कार्यकारी निर्देशक नमसरकार शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर