प्रकाशित समाचार हटाउँन दवाव
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

बर्दिया, माघ २३ (फरकसमाचार) शिक्षकले छात्रालाई कुटपिट गरेको शिर्षकमा प्रकासित समाचार हटाउँन दवाव दिएका छन् ।

गुलरिया नगरपालिका–८ मा रहेको महाकवि देवकोटा माध्यामिक विद्यालयका शिक्षक सुरेश थारुले छात्रालाई कुटपिट गरेको सामाग्री फरक समाचारले प्राथामिकताका साथ प्रकाशित गरेको थियो । फरकसमाचार डट कम र फरक समाचार राष्ट्रिय दैनिकमा प्रकाशित समाचार पटक पटक प्रकाशित समाचार हटाउँन दवाव खेप्न प¥र्यो । समाचार बन्ने विषयनै नभएको भन्दै दबाव विद्यालयका शिक्षकले दिएका थिए ।

फरक समचारको पहिलो पृष्ठमा शिक्षकको कुटपिटबाट छात्राको नाकको डाँडीमा गम्भिर चोट भन्ने शिर्षक समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा कक्षा ८ मा अध्यनरत कुमकुम वाडिया विपन्न वर्गको छात्रा भएकाले उपचारमा समस्या भएको पत्रिकाले उल्लेख गरेको थियो ।

फरक समाचारको आधिकारिक अनलाइन पेज संवाददाताले फेसबुक पेजमा सेयर गरेको समाचारमा शिक्षक पुरुषोत्तम श्रेष्ठले तथ्य हिन र भ्रामक समाचार भनेका छन् भने अर्का सुमन चौधरीले पत्रकारिताको अंग थाहा हुन प¥र्यो भन्दै नकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय