सशस्त्र प्रहरीद्वारा किशोरीको उद्धार
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, माघ २३ / सशस्त्र प्रहरीले नेपाल भारतको सिमाबाट बिहिबार किशोरीलाई उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटर गुलरियाको सुरजपुरबाट खटिएको टोलीले नाकाबाट किशोरीको उद्धार गरेको हो ।

चेक प्वाईन्ट डिउटीमा खटिएका सशस्त्र प्रहरीले सोधपुछ गर्ने क्रममा १४ वर्षकी चौधरी थर कि स्थायी ठेगाना बौनिया–७ कैलाली घर बताउने किशोरीको उद्धार गरेको सशस्त्र प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रारम्भिक अनुसन्धानमा उद्धार भएकी किशोरी दिल्ली जान लागेको खुलेको छ । अस्थायी ठेगाना गुलरियाको ईट्टा भट्टा भनि बताउने संकासपद रुपमा भारतको दिल्ली आफ्नो अंकल कहाँ जान खोज्ने किशोरीलाई उद्धार गरी संरक्षणको लागि माईति नेपाल बर्दियाको जिम्मा लगाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर