आन्तरिक राजश्व कार्यालयको काममा विचौलियाको सक्रियताले सेवाग्राही ठगिँदै
बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित

आन्तरिक राजश्वको सम्बन्धनमा कार्यालयकै गेट आगाडि पसल जस्तै देखिने खोलिएका ठाटँ र सटरमा बस्ने विचौलियाले समान खरिद देखि परामर्शको नाममा मनपरी रकम असुल गरिरहेका छन् : सेवाग्राही

रामप्रसाद चौहान
बर्दिया, फागुन ६ / जिल्ला समन्वय समितिको प्रबेशद्धार अघि आन्तरिक राजश्व कार्यालयका परामर्शका लागि सक्रिय विचौलियाको समुहले सेवाग्राहीलाई ठग्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

विचौलियाले समान खरिद गर्दा वा परामर्शको नाममा दश गुणा बढी असुल गरिरहेको तथ्य सार्वजनिक भएको हो ।
आन्तरिक राजश्वका विभिन्न कामका लागि परामर्श दिने देखि सेवाको नाममा संचालन रहेका कम्प्युटर पसल खडा गरी सेवाग्राहीसँग दशौ गुणा महँगो सम्म असुल्ने गरेको भुक्तभोगी बताउँछन् ।

आन्तरिक राजश्व कार्यालयले एक वर्ष अघि देखि व्यबसायिक प्रयोजन, संस्था दर्ता र प्यान नम्बर लगायतका सुबिधा जिल्ला वासीका लागि उपलब्ध गराईरहेको छ ।

कतिपय आन्तरिक राजश्व कार्यालय सम्बन्धन लिएर फोटो कपि, कम्प्युटरको काम र फर्म भर्ने काम गर्छन् । आन्तरिक राजश्व कार्यालय कर्मचारीको पहुँचमा रहेका त्यस्ता विचौलियाले सेवाग्राहीलाई ठग्ने गरेका हुन् । कार्यालय अघि दर्जन भन्दा बढि सक्रिय विचौलिया मार्फत काम गराउँनु पर्ने बाध्यतामा सेवाग्राही छन् ।

तिनै विचौलिया संचालनमा ल्याएका कम्प्युटर काम, प्रिन्ट, फोटोकपि र टिकट बिक्रिमा मनपरी असुल गरिरहेको सेवाग्राहीको गुनासो छ । तिनै कामका लागि खुलेआम रुपमा सेवाग्राही ठगिदा कहि कतैबाट चासो नदेखाएको भन्दै सवाग्राही आक्रोषित छन् ।

संस्था दर्ता गर्न प्रिन्ट, फोटो कपि, टिकट खरिदमा दश गुणासम्म राजश्व कार्यालय अघि कम्प्युटर पसल खडा गरी संचालन गरी रहेकाबाट ठगिएको उनले जानकारी दिए । ‘कुनै सामानको मूल्य त्यहाँ तोकिएको देखिदैन’उनले भने,‘अनिवार्य रुपमा साईनवोर्ड प्यान, भ्याटमा दर्ता भएको कतै खुलाईएको छैन, त्यस्ता समुहले सेवाग्राहीलाई ठगिरहेका छन् ।’

उक्त ठाउँमा रहेका दर्जन भन्दा बढि पसल दर्ता समेत नगरेको पाईएको उनले जानकारी दिए । उनी मात्रै होईन । आन्तरिक राजश्व कार्यालय पुग्ने सेवाग्राही यसरी नै ठगिने गरेको फरकसमाचार संवाददातासँग गुनासो आउँने गरेको छ ।

गेट आगाडि रहेका कम्प्युटर पसल खडा गरी संचालन गरी रहेकाले बढी मुल्य लिएको खुलेको छ । प्रिन्ट गरेको ९ पेजको ५ सय असुल गरेको सेवाग्राही निरज कर्णले गुनासो गरे ।

कम्प्युटर पसलको बोर्ड नहेको र कर्णले बिलदिनु भनेर माग्दा बिल नदिएको गुनासो गरे । ‘हामीले चलनचल्ती मुल्य लिएको भनी कम्प्युटर साईन वोर्ड समेत नराखेर पसल संचालनमा ल्याएका संचालकले दावी गरे ।’ तर बजारमा चलनचल्ती फोटोकपि र प्रिन्ट गरेको मुल्य प्रति पेज मुल्य रु ५ देखि रु १० सम्म छ ।

गाउँबाट आउने हजारौं सेवाग्राहीहरु बढी मुल्य तिर्न बाध्य भएको उनले बताए । म जस्ता शिक्षितले त बढी मुल्य बाध्य भएर तिर्न परेको उल्लेख गर्दै गाउँबाट आउने सोझा वा अशिक्षित व्यक्तिले राजश्वको कामको लागि ठूलो मूल्य चुकाएको उनी बताउँछन् । साझ विहानको गुजाराका लागि व्यबसाय गर्ने व्यवसायीलाई मिलिमतोमा विचौलियाले गाँस खोसिरहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर