३ हजार ५ सय ११ जनाले लगाए कोरोना खोप
बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित

बर्दिया, फागुन ६ (फरकसमाचार) बर्दियामा आइतबार देखि बुधबारसम्म ३ हजार ५ सय ११ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान फागुन २ गते (आइतबार) देखि शुरु गरिएको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई खोप लगाईएको थियो भने दोस्रो चरणमा सामुदायसंग बढी घुलमिल हुनेलाई लगाईदै छ ।

जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोप लगाउने अभियान सुरु भएको छ ।

बुधबार जिल्लाभरी ३ सय ४४ महिला र ६ सय ८६ पुरुष गरी १ हजार ३० जनालाई लगाईएको छ । दोस्रो चरणको खोप लगाउन शुरु भए देखि बुधबार सम्म ३ हजार ५ सय ११ जनालाई जनालाई खोप लगाईएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर