नेत्र ज्योति संघद्वारा सबैका लागि दृष्टि अभियान तिब्र
बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, फागुन ६ / नेत्र ज्योति संघले बर्दियाका ८ वटा पालिकामा सबैको लागि दृष्टि अभियानलाई तिब्र पारेको छ ।

दृष्टि सम्बन्धिको समस्याले आँखा देख्न नसक्नेलाई देख्न सक्ने बनाउन र दृष्टि गुम्ने अवस्थामा भएका ब्यक्तिहरुको दृष्टि बचाउने उद्धेश्यले नेत्र ज्योति संघ बर्दिया शाखाले बर्दियाका ८ पालिकामा अभियानलाई तिब्र पारेको हो ।

‘सबैका लागि दृष्टि’ भन्ने मुल सन्देशका साथ नेत्र ज्योति संघ बर्दिया शाखाले मधुवन नगर पालिकाको वडा नम्बर ९ बाट शुभारम्भ भएको शिबिर, बारबर्दिया नगर पालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिकामा सम्पन्न भएको छ भने बढैयाताल गाउँ पालिकामा बुधवार देखी शुरु भएको शाखाले जनाएको छ । शाखाले दिएको जानकारी अनुसार मंगलवार मैनापोखर स्वास्थ्य चौकीमा र बुधवार कालिका स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको छ ।

मैनापोखर र कालिका स्वास्थ्य चौकीमा गरिएको आँखा जाँच शिबिरमा २ सय ६ जनाको आँखाको स्वास्थ्य परिक्षण गर्दा मैनापेखरमा ३६ जना र कालिकामा ३२ जना गरि जम्मा ६८ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको शाखाले जनाएको छ ।

मोतिबिन्दुको पहिचान भएका ब्यक्तिहरुलाई अप्रेशन गर्नको लागि नेत्र ज्योति संघको बर्दिया शाखा मधुवन नगरपालिकामा रिफर गरीएको छ । आँखा उपचार पूर्व गरिने सबै ल्याब परिक्षण र अप्रेशन सहित जम्मा ४ हजार ६ सय शुल्क तोकिएको र चश्मामा पनि ४० प्रतिशत छुटको ब्यस्था गरिएको शाखाका संयोजक सुरथ बहादुर डाँगीले जानकारी दिए ।

आर्थिक रुपमा कम्जोर आँखा सम्बन्धि समस्या भएका ब्यक्तिहरुको लागि आँखा उपचार सेवा स्थानिय स्तरमा उपलब्ध गराउने मुख्य उद्धेश्यले स्थानिय सरकारको समन्वयमा निशुल्क जाच शिबिर संचालन गरिएको शाखाका संयोजक डाँगीले जानकारी दिए ।

आँखा सम्बन्धि सचेतना अभिबृद्धी र उपचार सेवालाई मानब सेवाको रुपमा बिस्तार गर्दै आएको नेत्र ज्योति संघ बर्दिया शाखाको पहिलो चरणमा निशुल्क आँखा जाँच शिबिर तथा ५० प्रतिशतमा उपचार सेवा सम्पन्न भए पछि दोश्रो चरणमा आर्थिक रुपमा बिपन्न ५ सय जनाको लागि आँखा र कान सम्बन्धीको निशुल्क शिबिब बर्दियाको ८ वटै पालिकामा संचालन गर्ने योजना रहेको शाखाका संयोजक डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय