विद्यालय अनुगमन गरी पालिकाको ध्यानाकर्षण
बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित

ज्ञानेन्द्र पोख्रेल
बर्दिया, फागुन ६ /  पारस्परीक जवाफदेहिता कार्यक्रम अन्तरगत सुचना र मानव अधिकार अनुशन्धान केन्द्र बाँकेकोे आयोजनामा बढैयाताल गाउँपालिका–२ मा रहेको अम्मर ज्योति मा.वि.को बुधबार अनुगमन गरिएको छ ।

अम्मर ज्योति माध्यामि विद्यालयको शैक्षिक गतिविधि सम्बन्धमा उक्त विद्यालयमा गई विद्यालय निरीक्षण तथा विद्यालयका भौतिक संरचना अवलोकन गरिएको छ ।

विद्यालयलाई आवश्यक पर्ने सहयोग सम्बन्धमा प्रधानाध्यापक कृष्ण शर्मासंग छलफल गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको पठन पाठन दक्ष बनाउनु पर्ने विषयमा विद्यालय सुधार र सहयोगको लागि आवश्यक पहल गरी दिनको लागि अनुगमन टोलीले बढैयाताल गाउँपालिकाकि उपाध्यक्ष दिपा कुमारी गौतमको ध्यानाकर्षण गराएको छ ।

अनुगमन टोलीमा नागरिक समाज बर्दियाका संयोजक बालकृष्ण ओली, नागरिक समाज बढैयातालका संयोजक बालकृष्ण लामिछाने, हिंसा निगरानी समुह बढैयातालका प्रेम राज त्रिपाठी, पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, मानव अधिकार अनुसन्धान केन्द्र बढैयातालका प्रतिनिधि प्रताप चौधरी लगायत, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन मानव अधिकार अनुसन्धानले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय