सीमाको गुनासो,सुरक्षाकर्मीबाट सम्बोधन
आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित

सशस्त्रको प्रहरी सीमामा साक्षात्कार

बर्दिया, फागुन ९ (फरकसमाचार) सीमामा के समस्या छ । तपाईको सुरक्षा ? अपराधको अवस्था । चोरी पैठारी नियन्त्रणका लागि २४ औ घन्टा अहोरात्र खटिदा के कस्ता उपलब्धी हासिल भयो । तपाईको सहयोग विना प्रहरीले मात्र केहि गर्न सक्दैन ।

कोभिड संक्रमणको अवस्थामा तपाई सुरक्षा अनुभुति भयो कि भएन । सीमामा खटिने सुरक्षाकर्मीले सुधार गर्ने पक्ष वारे ३१ नम्बर गणका प्रहरी उपरीक्षक नर बहादुर रावतले एक तमासले साक्षात्कार कार्यक्रममा भनिरहदा सीमा वासी राम लखन कुर्मी एक तमासले सुनिरहे ।

हामीले गर्ने काम त गरिरहैकै छौ । कहि कतै कमि कमजोरी भएको पनि हुन सक्छ ? तपाईहरुलाई हामीले पुराईरहेको सेवा कस्तो अनुभुति गर्नु भाछ भन्दा साक्षात्कार कार्यक्रममा प्रहरी उपरीक्षक रावतले जिज्ञाशा तेस्र्याउँदा सहभागीले सकारात्मक प्रतिक्रिया दिए ।

सशस्त्र प्रहरीले बलले शनिबार सीमा गरेको साक्षात्कार कार्यक्रममा ६ महिनाको उपलब्धी जनतामाझ प्रस्तुत गर्दा सीमा वासी खुसीले गदगद भए । प्रतिशतको आधारमा कृषिमा ३४ प्रतिशत र पशुपक्षिमा ७ प्रतिशत, अबैध काठ र अबैध चोरी पैठारीवाट छ महिना भित्र २७ लाख बराबर उपलब्धी भएको तथ्य सहितको प्रहरी उपरीक्षक रावतको प्रस्तुतिले कार्यक्रमको रौनक बढेको थियो ।

मुर्तीहा नाका बाहेका अन्य नाकाहरु अझै पनि बन्द गरिएको साक्षात्कार कार्यक्रममा उनले जानकारी गराउँदा प्रहरीको असल नियतले गरेका कामको सीमा वासीले खुल्ला मन्चको कार्यक्रममा प्रशंसा गरे ।

कोभिड नियन्त्रणका अधिकांश खुला सीमा बन्द रहेको अवस्थामा शान्ती सुरक्षाको अबस्था जानकारी लिन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी नेतृत्वमा नेपाल प्रहरीका उपरीक्षक टोली सीमा क्षेत्र पुगेको थियो ।
स्थानीयसँग छलफल गरि शान्ती सुरक्षाका रणनितिक योजना बनाउँने सकिने हुनाले सीमामा सुरक्षाकर्मी साक्षात्कार भएको प्रजिअ अधिकारीले बताए ।

शनिवार स्थानीयसँग छलफलमा स्थानीयको सक्रिय सहभागीता रहेको थियो ।
जिल्लाका सरोकारवाला (राजनितिक दल, नागरिक समाज र स्थानीय संचारकर्मी)का केहि प्रबुद्ध व्यक्तिसँग समग्र खुला सीमाको बस्तु स्थिति बारेमा टोलिले छलफल गरेको थियो ।

स्थानीयसँगको छलफल पछि सीमा क्षेत्रमा नेपाली सुरक्षा नभएको र लागु औषधको बिगबिगि भएकाले प्रहरी सक्रियता साथ लाग्नु पर्ने छलफलमा विषय उठेको छ ।

छलफल पछि जम्बो टोलि नेपाल भारतको सीमा क्षेत्र स्थलगत अवलोकन गरेको थियो ।
‘सीमा समस्या सुरक्षाकर्मीले बुझ्न जरुरी छ छ,’प्रजिअ अधिारीले भने,‘जिल्ला स्तरमा गठन भएको मेकानिज्मले सीमाका समस्याको वारेमा जानकारी लिईरहेको छ ।’

सीमाका ग्रामीण सहरमा लागु औषधमा बिगिबिगि भएका त्यस्ता गतिबिधि गर्ने गिरोहको बिरुद्ध प्रहरी सक्रियता साथ लागिरहेको छ ।
‘यस्ता कार्यक्रमले खुला सीमानाको फाईदा उठाएर गतिबिधि गर्ने गिरोह निरुत्साहित हुन्छ । कोभिड नियन्त्रणका लागि सीमामा उच्च सर्तकता अपनाएको प्रजिअ अधिकारीले बताए ।

नेपाल भारतको सीमामा भन्सार कार्यालय नहुँदा कृषि जन्य वस्तु ओसार पसारमा किसान मर्कामा परेको उद्योग वाणिज्य संघका अध्यक्ष विरु चौधरीले बोलेको थिए ।‘कतिपय सान्र्दभिक अवस्था भन्दा प्रहरी र प्रशासनले सुन्दैन’उनले भने,‘सीमा रहेका गाउँवाट ल्याईने समान पनि बरामद गरेर प्रहरीले भन्सार बुझाएका कतिपय घटना दुःख दायी भएका छन् ।’

सीमा रहेका गाउँका आफनै कृषि उत्पादन भन्सार कार्यालय बजार नजिक भएकाका कारण किसानले दुःख पाएको संघका अध्यक्ष थारुले साक्षात्कार कार्यक्रममा पटक पटक राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय