४ हजार ६ सय ३६ जनाले लगाए कोरोना खोप
आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित

बर्दिया, फागुन ९ (फरकसमाचार) बर्दियामा गत आइतबार देखि शनिबारसम्म ४ हजार ६ सय ३६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान फागुन २ गते देखि शुरु गरिएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई खोप लगाईएको थियो भने दोस्रो चरणमा सामुदायसंग बढी घुलमिल हुनेलाई लगाईएको छ ।

जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोप लगाईएको हो । शनिबार जिल्लाभरी २६ महिला र ८१ पुरुष गरी १ सय ९ जनालाई लगाईएको छ । खोप लगाउने लक्ष्य ४ हजार ६ सय ७५ रहेकोमा ४ हजार ६ सय ३६ जनालाई खोप लगाएकोे कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय