एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ३ हजार ५९५
आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमध्ये काठमाडौं जिल्लामा २ हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना गरि उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म ३ हजार ३ सय २५ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय