हालसम्म आइसीयू र अक्सिजनको अभाव छैन : बिएण्डसी
शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का  बिरामीलाई उपचार गर्न  हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसीयू) तथा अक्सिजनको  अभाव नरहेको जनाएको छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटर सहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ ।

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख  छ । आज मात्र काठमाडौँस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय  सङ्क्रमित दीपकराज आङदम्बेलालाई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ ।  काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेको  विज्ञप्तिमा उल्लेख छ । शुक्रबार  दाङ र पर्साका दुई सङ्क्रमितलाई सो बिएण्डसी अस्पतालमा लगिएको थियो ।

‘ कोरोना उपचारमा बिएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका सङ्क्रमितलाई उपचार गर्न  भेन्टिलेटर सहित ९आइसियू तथा अक्सिजनको  अभाव नरहेको छैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिनुभएको जानकारी अनुसार  भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो  छ  । उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसीयू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय