अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा
आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

काठमाडौं,  जेष्ठ २ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।

उनले फ्रन्टलाइनर मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।  एकदिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर